सामाजिक परिचालकलाई अभिमुखिकरण

जिल्लाका १० गाउँ विकास समितिका सामाजिक परिचालक तथा सहजकर्ताहरुलाई अक्सफर्म नेपालले अभिमुखिकरण तालिम दिइरहेको छ । मंसिर २७ गतेदेखि सुरु भएको उक्त कार्यक्रम २ गते समापन हुने भएको छ ।


जिल्ला विकास समिति सिन्धुपाल्चोकको सहयोगमा अक्सफम नेपालले बराम्ची, हगाम, पाङताङ, कालिका, चोकटी, पाङ्ग्रेटार, तातोपानी, किउल, हेलम्बू, कुञ्चोक गरी १० गाविसका सामाजिक परिचालक र सहजकर्ता गरी १९ जनालाई समुदायलाई शसक्तिकरण गर्नको निमित्त नागरिकको समस्या तथा सहजिकरण, सामाजिक परिचालकको आवश्यकता र भूमिका विषयमा केन्द्रित रहेर दिएको उक्त तालिमले सामाजिक परिचालक र सहयोगीहरुलाई गाउँघरमा सजिलैसँग विकास निर्माण तथा सामाजिक उत्थानको लागि कार्यक्रमहरु सञ्चालन गर्न सहज पुगेको सहभागिहरुले बताउनुभयो । अक्सफम नेपालको लैङ्गिकता र संरक्षण कार्यक्रम अधिकृत विपना धिमालका अनुसार समुदायमा शसक्तिकरणको लागि विभिन्न विषयहरु समेटेर ५ दिने तालिमको आयोजना गरिएको हो ।
सरकारले नागरिक सचेतना केन्द्रलाई सिमान्तकृत र पछाडि पारिएका समूहको सामुहिक उत्थान तथा व्यक्तिगत विकासको लागि समेत यो तालिमले महत्वपूर्ण सहयोग पु¥याउने धिमालले बताउनुभयो । सहभागिहरुलाई सोनालाल चौधरीले प्रशिक्षण दिइरहनुभएको छ ।  

Lokpriyasamachar@. Powered by Blogger.