जगद्गुरु श्रीबालसन्त जिल्लामा

जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य आज सिन्धुपाल्चोक आउनुहुने कार्यक्रम रहेको छ ।
नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माण गर्ने अभियान लिएर देशव्यापी रुपमा पैदलयात्रा गर्दै भक्तजनहरुसँग प्रत्यक्ष संलग्न रहने उद्देश्यका साथ पश्चिमाञ्चलबाट पैदल यात्रा सुरु गर्नुभएका जगदगुरु ४२ औं जिल्लाको रुपमा सिन्धुपाल्चोक प्रवेश गर्न लाग्नुभएको हो । सिन्धुपाल्चोकबाट दोलखा, रामेछाप, सिन्धुली हुँदै मेची पुग्ने योजना सहित यात्रा सिन्धुपाल्चोक आइपुगेको उहाँको सहयोगी भरत घिमिरेले जानकारी दिनुभयो ।

उहाँ वैदिक सनातन धर्मका सयौ विशिष्ठ विद्वानहरुको १४० बर्ष पुरानो आधिकारिक संस्था काशी पण्डित सभाको वि.सं. २०६७ वैशाख १ गते (तद् अनुसार सन् २०१० अप्रिल १४ तारिक)को औपचारिक निर्णयबाट जगद्गुरुको उपाधिद्वारा विभूषित हुनु भएको हो ।
वैदिक सनातन धर्मका आधारस्तम्भ जगद्गुरु व्यास जीको जन्मभूमी देवदेश नेपालको पूर्वी भाग मेची अञ्चल, झापा जिल्लाको बुधवारे गाविस स्थित तीर्थमयी भूमि कमलाधाममा विसं. २०३३ सालको बालाचतुर्दशीका रातमा अवतरित हुनुभएका जगद्गुरु महाराजश्री ले २५ वर्षको कलिलो उमेरमा नै नेपालको वराहक्षेत्र सुनसरी स्थीत चतराधामलाई प्राचिन हरिद्वार भएको कुरा सिद्ध गर्दै उक्त ठाउँमा पहिलो पटक विश्वको पाचौं कुम्भ मेलाको आयोजना गराई काशी लगायत विश्वका विशिष्ठ धर्माचार्य एवं आधिकारिक बैदिक सत्सम्प्रदायका जगदगुरुहरुका वीचमा सास्त्रार्थ गराई उक्त कुम्भलाई अनुमोदनका साथै स्थापित गराउन सफल भए पछि नै काशी पण्डित सभाले जगद्गुरुको उपाधी स्वीकार गर्न आग्रह गरेको थियो ।
विश्वमा वैदिक सनातन धर्म रक्षाको निम्ति आवश्यक धर्मदण्ड पुनः एक पटक जगद्गुरु राष्ट्र नेपालले नै धारण गर्नु पर्ने आवश्यकता रहेको महसुस गरि ३३ बर्षको उमेरमा महाराजश्री ले काशी पण्डित सभाको आग्रहलाई स्वीकार गरी जगद्गुरुको उपाधी स्वीकार गर्नु भएपछि जगद्गुरु बालसन्त महाराजश्री जगद्गुरु व्यासजी पछि नेपाल राष्ट्रको प्रथम जगद्गुरु हुनुभएको हो ।

Lokpriyasamachar@. Powered by Blogger.