याङग्री लार्के गाउँ सामुदायिक समितिको साधारण सभा सम्पन्न

याङग्री लार्के स्थानिय सरोकार समितिको गाउँ सामुदायिक समितिको साधारण सभा सम्पन्न भएको छ ।
१० गाउँ सामुदायिक समिति रेहेको याङग्री लार्केको ९ वटा गाविसमा सधारण सभा सम्पन्न भएको छ भने वाँसखर्क गाविसमा विवादको कारण अर्काे निर्णय नभए सम्मको लागि साधारण सभा स्थगित भएको छ ।
वाँसखर्क वाहेक थाङपालकोट, वरुवा, भोताङ, भोटेनाम्लाङ, थाङपाल धाप, ज्यामिरे, सिखरपुर, लागर्चे गाविसमा प्रत्येक वडाको वडा भेलाले ५ जनाका दरले ४५ जनाको गासस पार्षद सदस्य निर्वाचित गरी पार्षद् सदस्य मध्येबाट १०  सदस्यीय कार्य समिति र ९ जना केन्द्रीय पार्षद् सदस्य चयन गरेको छ । चयन हुने अध्यक्षहरुमा शिखरपुरमा इन्द्रबहादुर तामाङ, ज्यामिरेमा रामबहादुर तामांङ, लगार्चेमा गोपाल खनाल, भोटेनाम्लाङमा पासाङ तामाङ, थाङपालधापमा राजन देउजा, थाङपालकोटमा गुनु पाख्रिन, भोताङमा बिरबहादुर तामाङ र बरुवामा पासाङ तामाङ रहनुभएको छ ।
गुन्सा गाविसमा गाउँ समिति र केन्द्रिय पार्षद् चुन्न बाँकी रहेको समितिले जनाएको छ । केन्द्रिय समितिको साधारण सभा बाँकी रहेको गाविसमा कार्यसमिति चयन गरी सके पछि मिति तोकिने याङग्री लार्के स्थानिय सरोकार समितिले जनाएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.