रत्नगंगामा कानूनी सहायता सम्बन्धी अन्तरक्रिया

प्रिती श्रेष्ठ/चौतारा-
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले हिजो कृष्ण रत्न गंगा मावि, चौतारामा कानूनी सहायता सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ ।
विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । विद्यार्थीहरुलाई कानूनी शिक्षा सम्बन्धि विषयमा सचेत गराउनको लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा वैदेशिक रोजगारीको विषयमा समेत छलफल गरिएको थियो । उक्त कार्यक्रममा मन्त्रालयको सहसचिव साधुराम सापकोटा, उपसचिवहरु विनोदकुमार भट्टराई, गणेश नायक लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागि विद्यार्थीहरुले आफ्नो मनमा लागेका प्रश्नहरु गरेर थप ज्ञान समेत हासिल गरेको सहभागि विद्यार्थी रञ्जिता गिरीले जानकारी दिनुभयो । त्यस्तै कार्यक्रम भएपश्चात आफूले कानुन सम्बन्धि धेरै नयाँ कुराहरु साथै वैदेशिक रोजगारीको बारेमा समेत थप जानकारी पाएकोमा विद्यालयको छात्रा शान्ता नेपालले खुसी व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई कानूनी शिक्षा सचेतना पुस्तिका समेत वितरण गरिएको थियो ।


Lokpriyasamachar@. Powered by Blogger.