टुकीको सहयोगमा ठूलोसिरुवारीको विकास

सन्ध्या बस्नेत/ठूलोसिरुवारी-
पुनर्निर्माणको क्रममा विभिन्न प्रकारबाट दिइने प्रशिक्षणका सामग्रीहरु उपयोगिताको लागि सबैले ध्यान दिनुपर्ने, पुनर्निर्माण तथा सिकाईका कार्यक्रमहरुबाट निर्मित भवनहरु पुनः भत्काउनु भन्दा त्यसलाई व्यवस्थित र विवाद रहित तरिकाले समुदायमा प्रयोगमा आउने गरी सिकाइका कार्यक्रमहरु सञ्चालन गर्न सके पुनर्निर्माणमा सहजता हुन सक्ने सरोकारवालाहरुले बताएका छन् ।


टुकी संघ सुनकोशीले ठूलोसिरुवारी गाविसमा हेल्प जर्मन नेपालको साझेदारीमा भए गरे कार्यक्रमहरु बारेमा आफ्नो धारणा राख्ने क्रममा यस्ता कुरा बताइएको हो ।
जिल्ला विकास समितिको सभाहलमा भएको उक्त कार्यक्रममा ठूलोसिरुवारी गाउँ विकास समितिमा टुकी संघ सुनकोशीको साझेदारीमा हेल्प जर्मनले गरेको कार्यक्रमहरुबारे हेल्प जर्मनका परियोजना संयोजक तारा श्रेष्ठले परियोजनाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने टुकी संघका कार्यक्रम संयोजक यज्ञ कार्कीले टुकी संघले गरेका कार्यहरुको विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले गैरसरकारी संस्थाहरुबाट पुनर्निर्माण सम्बन्धी भए गरेका कार्यक्रमहरुमा कुनै किसिमको बादविवाद आउन नहुने बताउनुभयो भने कार्यक्रममा स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले पुनर्निर्माण तथा स्थानीय नागरिकको स्तरोन्नतीको लागि गरिने जुनसुकै कार्यक्रममा पनि गाविसको समन्वय गरिनुपर्ने बताउनुभयो ।
टुकी संघका कार्यकारी अधिकृत ज्ञानेन्द्र पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा टुकी संघकै कार्यक्रम संयोजक यज्ञ कार्कीले टुकी संघबाट भए गरेका कार्यक्रमहरुबारे प्रष्ट पार्नुभएको थियो ।
उहाँले जिल्लामा विगत लामो समयदेखि सामाजिक बिकासको क्षेत्रमा सुपरिचित नामले प्रख्यात रहेको टुकी संघ सुनकोशीले जिल्लाको ठूलोसिरुवारीमा विभिन्न क्रियाकलापहरु सञ्चालन गरी स्थानीयको स्तरवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो ।
विषेश गरी ०७२ को भूकम्प पछि क्षतविक्षत भएको जिल्लाको अवस्थालाई पुरानै अवस्थामा फर्काउन टुकी संघ सुनकोशीले गरेको प्रयास अतुलनीय रहेको देखिएको छ । पुनःनिर्माण र पुनःस्र्थापनाको क्रममा टुकी संघले  ठूलोसिरुवारीमा जिविकोपार्जन, विपद् जोखिम न्यूनिकरण, शिक्षा, स्वच्छता प्रवद्र्धन र विद्यालय मर्मत सम्भार एवं पुनर्निर्माणलाई तीव्रता दिएको छ । यस क्रममा गणेश आधारभूत विद्यालय, बिपी मेमोरियल आधारभूत विद्यालय,  सेतीदेवी मावि, डडुवा भवानीशंकर मावि गरी ४ वटा विद्यालय पुनर्निर्माणका साथै १२ वटा ब्लक मर्मत सम्भार र ३ वटा नयाँ ब्लक निर्माण गरेको छ । जसमा जम्मा ३० वटा कोठाहरु रहेका छन् ।
त्यसैगरी ६० जना शिक्षक शिक्षिकाहरुलाई बालमैत्री गुणस्तरीय शिक्षा सम्बन्धी तालिम दिईएको छ । २ सय ३० जना अभिभावकहरुलाई बाल शिक्षाको महत्वबारे अभिमूखिकरण कार्यक्रम गरेको छ । त्यस्तै ठूलोसिरुवारीका सम्पूर्ण विद्यालय र समुदायको आधारभुत तथ्याङ्क संकलन समेत सम्पन्न गरेको छ ।
त्यस्तै ९६ जना लाभग्राहीलाई विपद् जोखिम न्यूनिकरण सम्वन्धी तालिम दिएको छ, ५४ जनालाई डकर्मी तालिम, गाविसको वडा नं. ६ को सातदोबाटो र वडा नं. ३ को नर्सिङडाँडामा भूकम्प प्रतिरोधी २ वटा नमूना घर निर्माण सम्पन्न गरेको छ ।
त्यस्तै खानेपानी, सरसफाई तथा स्वच्छता तर्फ १ हजार २ सय ७७ जनालाई  विद्यालय तथा समुदाय स्तरमा स्वच्छता प्रवद्र्धन तथा व्यवहार परिवर्तन सम्बन्धी अभिमूखि करण, विद्यालय स्तरीय स्वच्छता प्रवद्र्धन सम्वन्धी प्रतियोगिता गरिएको थियो । जसमा २ सय ८२ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
५८ वटै  आयआर्जन समूहलाई समेट्ने गरी हातधुने व्यवहार परिवर्तन  सम्बन्धि अभिमूखीकरण, जस्मा २२५ जनाको सहभागिता  रहेको थियो । गाबिसको विभिन्न ११ स्थानमा पानी शुद्धिकरण सम्बन्धिअभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।
३१ वटा खानेपानी समूहलाई (प्रति २० परिवार सम्मको समूहलाई १००० लिटर, २१ देखि ४० परिवार सम्मको समूहलाई २००० लिटर र ४१ देखि ६० परिवार सम्मको समूहलाई ३००० लिटर को )३३ वटा पानी ट्याङ्की र पाइप वितरण गरिएको छ ।
त्यस्तै जिविकोपार्जन तर्फ ५८ वटा आयआर्जन समूहलाई रु. २१,७२,०९० बराबरको घुम्तीकोष रकम वितरण गरिएको छ भने ६० जनालाई घर बगैँचा सम्बन्धि क्षमता अभिबृद्धि तालिम दिइएको छ ।  ५८ वटै आयआर्जन समूहका पदाधिकारीहरुलाई लेखा अभिलेखिकरण सम्बन्धि तालिम दिइएको छ । त्यसैगरी १ हजार ६ सय १० परिवारलाई तरकारीको विऊ वितरण गरिएको छ भने झ्याँडी जागरण आयआर्जन समूहमार्फत ५६ परिवारलाई जनकदेव जातको ६,४२५ के. जी.आलुुको विऊवितरण गरिएको कार्कीले बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.