योजना छनौट गर्न वडा नागरिक भेला

चौतारा नगरपालिकाले आव ०७४÷७५ को बस्ने नगर परिषद्को पूर्व तयारी स्वरुप बजेट विनियोजन तथा योजना छनौट गर्न वडा नागरिक भेला बोलाउने भएको छ ।
पुस ९ गतेदेखि १३ गतेसम्म विभिन्न स्थानमा वडा नागरिक भेला बोलाइएको कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेले जानकारी गराउनुभयो ।
उहाँका अनुसार ९ गते वडा नं. १ को वडा भेला सिद्धिकमला माध्यमिक विद्यालयमा र वडा नं. ७ को नारायणथानमा, १० गते वडा नं. ५ को वडा कार्यालय र वडा नं. ८ को आहान चौरमा, ११ गते वडा नंं. २ को सिता महादेवस्थानमा र वडा नं. ३ को घलेगाउँ मन्दिरमा, १२ गते वडा नं. ६ को सेतीदेवी पञ्चकन्या मावि, वडा नं. ९ को वडा कार्यालय र १३ गते वडा नं. ४ को बालमन्दिर प्राङ्गणमा विहान ७ः३० बजे वडा भेला हुने भएको छ ।
वडा भेलामा सम्पूर्ण नागरिक समाज, संघसंस्था लगायत सबैलाई उपस्थिति भई आ–आफ्नो क्षेत्रमा परेका समस्या र समावेश हुनुपर्ने विकासे कार्यक्रमहरुको योजना छनौट गर्न समेत लामिछानेले अनुरोध गर्नुभएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.