लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया

रुपा कपाली/चौतारा-
‘घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासको लागि लैङ्गिक हिंसा रहित समाज’ भन्ने नाराको साथ हिजो लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम गरियो ।
सो कार्यक्रम महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गतको कार्यक्रम हो । लैङ्गिक हिंसा विरुद्धको एक दिने अन्तरक्रिया कार्यक्रम विभिन्न निकायबाट आउनुभएकाहरु सबैले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।


त्यस्तै प्रहरी उपरिक्षक रविन्द्र केसीले लैङ्गिक हिंसा एउटा कानुनी अपराध हो । यस्ता उपराधहरुलाई कानुनको दायरामा ल्याउन निरन्तर प्रयास जारी राखेको बताउँदै लैङ्गिक हिंसालाई न्यूनिकरण गर्न घर, समाज र साज्यले नै ठूलो भूमिका खेल्नु पर्ने बताउनुभयो ।
त्यसैगरि साथी परियोजनाको कार्यक्रम संयोजक भरत आचार्यले लैङ्गिक हिंसा भनेको के हो ? हिंसा कति प्रकारको हुन्छ ? हिंसाको असरहरु को संग सम्बन्धित हुन्छ ?जस्ता विषयहरुमा ७० जना उपस्थितीलाई अन्तरक्रियामा जानकारी दिनुभयो ।
जिल्ला सरकारी वकिल कार्यालयका अभिवक्ता भेषराज ढकालले महिला हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रमको प्रभावकारीताको बारे बताउँदै नेपालको कानुनमा महिलाको अधिकार के कस्तो छ भन्ने विषयमा जानकारी गराउनुभएको थियो ।
त्यस्तै कानुन र अधिकारको विषयको अन्तरक्रिया कार्यक्रममा मात्र सिमित हुने बताउँछिन ईर्खु ६ की सानुमाया ठकुरी । उहाँ भन्नुहुन्छ– मैले धेरैअनुभव गरेकी छु । विभिन्न हिंसाहरुमा न्याय पाउनको लागि सम्बन्धित निकायमा पुग्न पनि पावर र पैसा बिना सम्भव नभएको र नेपालको कानुन पैसामा बिकेको भन्छन् ।
सो अन्तरक्रिया कार्यक्रम लैङ्गिक हिंसा तथा लैङ्गिक सशक्तिकरण जिल्ला समन्वय समिती सिन्धुपाल्चोकले आयोजना गरेको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.