युवा संघ र अनेरास्ववियुको श्रमदान

युवा संघ र अनेरास्ववियु सिन्धुपाल्चोक संयुक्त रुपमा बाँसबारीस्थित एकीकृत बस्तीमा एक दिन श्रमदान गरेको छन् । शनिबार भूकम्पबाट क्षतविक्षत बनेको सिन्धुपाल्चोक मेलम्ची नगरपालिकास्थित वडा नंं ९ मा निर्माणाधिन एकीकृत बस्तीमा युवा संघले र अनेरास्ववियुले सघाएका हुन् ।
एक दिवसीय श्रम शिविरमा १ सय ५० बढी युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताले श्रमदान गरेको एकीकृत बस्तीका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार बस्तीमा भग्नावशेष पन्छाउने कार्य भइरहेको छ । ४० घर बनाउने लक्ष्य राखिएको बस्तीमा हालसम्म कुनै संघ÷संस्थाले सहयोगको वचनवद्धता गरेका छैनन् ।
‘सरकारले दिएकै पहिलो किस्तावापतको रु ५० हजारबाट निर्माण थाल्छौँ,’ तामाङले भन्नुभयो, ‘सबै कामको लागि अरुको मुख ताकेर बस्ने कुरा पनि त आएन !’
अति विपन्न र तामाङ समुदायमात्रै बसोबास गर्ने उक्त थाक्लेमा एकीकृत बस्ती बन्ने भनेपछि खुसी छाएको छ । सोही ठाउँमा केहीदिन पहिले नेपाली सेनालेसमेत श्रमदान गरेको थियो ।
भग्नावेशष पन्छाइसकेपछि बस्तीको शिलान्यास गरिने तामाङको भनाइ थियो ।

Lokpriyasamachar@. Powered by Blogger.