एकै घरका तीन बालबालिकालाई सहयोग

जिल्लाका फूल्पिङडाँडा गाविस स्थित अपाङ्गता भएका बालबालिकाहरुलाई वी नेपाल (हामी)ले नगद र खाद्यान्न उपलब्ध गराएको छ ।
वी नेपालका अध्यक्ष सावित्री पौडेल केसीको नेतृत्वमा गएको समाजसेवी सहितको टोलीले उक्त सामग्री वितरण गरेको हो ।





एउटै परिवारका ३ सन्तान अपाङ्गता भएका कारण आर्थिक स्थिति समेत कमजोर रहेको अवस्थामा उक्त संस्थाले १५ हजार नगद सहित खाद्यान्नका सामग्रीहरु दिएको हो । फुल्पिङडाँडा गाविस वडा नं. १ का ११ वर्षका सूचना तामाङ, ८ वर्षका दावा छिरिङ तामाङ, ५ वर्षका कुलबहादुर तामाङलाई उक्त सामग्री दिइएको हो ।
निङमाङ तामाङ र सुकुमाया तामाङका तीनै छोराहरु अपाङ्गता भएपछि उनीहरुले आफ्ना बच्चाहरुलाई पालनपोषण गर्न समस्या परिरहेको बताएपछि सो संस्थाका पदाधिकारीहरुको सहयोगबाट उक्त सामग्री वितरण गरिएको हो ।
वितरण गरिएको अन्य सामग्रीहरुमा चामल ९० केजी, चिउरा १० केजी, चिनी ५ केजी, दाल ५ केजी, पिठो, तेल, ब्लाङ्केट लगायतका सामग्रहरु रहेका छन् । संस्थाका उपाध्यक्ष चुनु खड्का, समाजसेवी एवम् पिटी असिस्टेज्ट शान्ता खनाल, सामाजिक परिचालिका स्वस्थानी पराजुली, उमा सिलवाल, सरद पौडेल लगायतका सहभागितामा उक्त सामग्री वितरण गरिएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.