‘शिक्षामा सुधार गर्न नयाँ ऐन’

शिक्षा क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने भएकोले वर्तमान सरकारले नयाँ शिक्षा ऐन ल्याएको र विद्यालय व्यवस्थापन समिति गठनमा बढी राजनीतिकरण हुने गरेकोले शिक्षा क्षेत्रलाई स्वतन्त्र र गुणस्तरीय शिक्षा प्रदान गर्नको निमित्त पनि यो ऐन लागू गर्नु परेको शिक्षा राज्यमन्त्री धनमाया विक खनालले बताउनुभएको छ ।
इर्खु माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्वस तथा







पूर्व विद्यार्थी मिलन कार्यक्रमको उद्घाटन गर्दै राज्यमन्त्री  खनालले सो कुरा बताउनुभएको हो ।
उहाँले विद्यालयको शैक्षिक स्तर उन्नतीका लागि विभिन्न समयमा विभिन्न समस्या उत्पन्न भएको भएतापनि त्यस्ता समस्यालाई पार लगाउँदै इर्खु माविले ५७ वर्ष पार गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै विषेश अतिथि प्रमुख अतिथि अन्तरबहादुर सिलवालले ससाना नानीहरुको ज्ञान सीपलाई सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षामा सर्वपक्षिय सहयोगको आवश्यकता रहेकोले सबैले मिलेर शिक्षा विकासमा अग्रसर रहनुपर्ने आवश्यकता रहेको हुँदा उक्त आवश्यकता पूरा गर्नुपर्ने बताउनुभयो ।
यसैगरी जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले शिक्षा विकासको लागि वर्तमान शिक्षा नीतिले पर्याप्त सुविधा दिन नसकेपनि यो नीति र निर्देशिकालाई मनन गरेर कार्यान्वयन गर्न सके सामुदायिक विद्यालयले पनि स्तर हासिल गर्नसक्ने बताउनुभयो ।
विद्यालयको ५७ औं वार्षिकोत्सवको अवसरमा सोही विद्यालयका पूर्वशिक्षक झलक नेपाललाई देशको सबैभन्दा ठूलो र ऐतिहासिक पार्टी नेपाली कांग्रेसको जिल्ला कार्यवहाक सभापति समेत भएकोमा सम्मानपत्र समेत प्रदान गरिएको थियो ।
विव्यस अध्यक्ष भगवान खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रअ अमृतप्रसाद दंगालले विद्यालय स्थापनाकालदेखि अहिलेसम्म भए गरेका क्रियाकलाप र विद्यालयको भविष्यमा गर्नुपर्ने कामहरुको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा शिक्षक मोहन कार्की, कक्षा ५ का विद्यार्थी सम्वृद्ध कार्की, कक्षा १० का विद्यार्थी सुमनी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्रोतकेन्द्र स्तरीय विभिन्न विद्यालयका विद्यार्थीहरु तथा राष्ट्रिय कलाकारहरुको मनोरञ्जन दिलाउँदै भएको कार्यक्रममा एकीकृत क्रान्तिकारी शिक्षक संघका अध्यक्ष भोला सापकोटा, शिक्षकहरु यज्ञ दंगाल, लगायत नेपाली कांग्रेसका झलक नेपाल, नेकपा एमालेका इन्द्र नेपाल, नेकपा माओवादी केन्द्रका अमृत दंगाल, स्रोतव्यक्ति खिकादेवी नेपाल लगायतले विद्यालयको वार्षिकोत्वमा शुभकामना मन्तव्य दिनुभएको थियो ।
विद्यालयका शिक्षक प्रकाश दंगालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता, पूर्व विव्यस अध्यक्षहरु, पूर्व विद्यार्थी, शिक्षाप्रेमीहरुको उपस्थिति रहेको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.