सामाजिक सुरक्षा भत्ता बैङ्कबाट

मेलम्ची नगरपालिका अन्तर्गत वितरण हुने सामाजिक शुुरक्षा भत्ता अब बैङकिङ प्रणाली बाट नै प्राप्त हुने भएको छ । आगामी चौमासिक देखि सामाजिक सुरक्षा भत्ता बैङकिङ प्रणालीबाट बितरण गर्न लागेको मेलम्ची नगरपालिकाका कार्यकारी अधिकृत पुर्ण प्रसाद दुलाल ले जानकारी दिनुभयो ।

सेभ द चिल्डे्रन को समन्वयमा टुकि संघले गरेको बाल संवेदनशील सामाजिक सुरक्षा परियोजना तथा परियोजना समाप्ति सम्बन्धि छलफल कार्यक्रममा बोल्दै बिहिबार कार्यकारी अधिकृत दुलालले उक्त कुराको जानकारी दिनुभएको हो । कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधि, वडा नागरीक मन्चका प्रतिनिधि, बिभिन्न बैङकका प्रतिनिधि, गैह्र सरकारी सँीथाका प्रतिनिधि लगायतको उपश्थिति रहेको थियो ।
सामाजिक सुरक्षा भत्ता सम्बन्धि नियम गत साताबाट परिवर्तन भएकाले बैङकिङ प्रणालीमा जान परेको कार्यकारी अधिकृत दुलालले प्रष्ट पार्नुभयो । अब बैङकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नाम नविकरण गर्नुपर्ने भएको छ । नबिकरण गर्ने समय हिजोसम्म रहेको तर कसैको नाम नविकरण गर्न छुटेको भएमा एक साताको समयसिमा दिइएको उहाँले जानकारी दिनुभयो । एक साता सम्म पनि नाम नविकरण गर्न नआउनेले सामाजिक सुरक्षा भत्ता नपाउने भएका छन । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागी बैङक सम्म जान नसक्नेको लागी भने घर घरमै पुर्याइने ब्यबस्था मिलाइने भएको छ ।
यसैबिच बैङकिङ प्रणाली बाट सामाजिक सुरक्षा भत्ता बितरण गर्ने काम तत्काल गर्न नसक्ने कृषि बिकास बैङकका प्रबन्ध निर्देशक रमेश गौतमले बताउनुभएको छ । तर सबैकुरा ब्यबस्थापन भएर माथीबाट आदेश आयो भने आफूहरु बाँड्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।
उक्त परियोजना समाप्ति सम्बन्धि छलफल कार्यक्रममा परियोजनाले गरेका कार्यहरुको बारेमा  टुकि संघ सुनकोसीका सामाजिक परिचालक सहदेब तिवारीले जानकारी गराउनुभएको थियो । बाल श्रमिकको मात्रामा कमि ल्याउने, बालबालिकाको विद्यालयमा नियमिततामा बृद्धि गराउने, सामाजिक सुरक्षा भत्ताको पहुँच बृद्धि गराउने लगायतका कार्यहरु यस परियोजनाले गरेको तिवारीले दावि गर्नुभयो । परियोजना डिसेम्बरबाट सकिने आयोजकले जनाएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.