सीमा क्षेत्रको विषयमा छलफल

नेपाल सरकार र चीन सरकारका सीमाना क्षेत्रका प्रमुख कर्मचारीहरु बीच हिजो सीमा क्षेत्रको विषयमा जिल्लाको सदरमुकाम चौतारामा विषेश छलफल भएको छ ।
छलफलमा नेपालका तर्फबाट सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीको अन्तरबहादुर सिलवालको नेतृत्वमा स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही तथा सुरक्षा निकायका प्रमुखहरु र चाइनाको बोर्डरका न्यालम काउन्ट्री प्रमुख पेङ लु उइको नेतृत्वमा आएको १८ जनाको टोलीबीच चौतारामा छलफल भएको थियो । विषेश गरी छलफलमा मितेरी पुलमा पूर्व सूचना प्रणालीको विकास गर्न, न्यालम र सिन्धुपाल्चोकको बीचमा विभिन्न कार्यक्रमको सहजताका साथै तातोपानी नाकालाई सूचारु गर्न चीन सरकारसँग पहल गर्ने चिनिया टोलीहरु सहमत भएका छन् । नेपालको तर्फबाट राखेको प्रस्तावलाई तातोपानी नाका यथाशीघ्र सञ्चालन गर्न पहल गर्ने, सडकको स्तरोन्नतीको लागि दुवै पक्षबीच छलफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी सिलवालका अनुसार चिनिया टोलीले पूर्व सूचना प्रणाली राख्ने विषयमा सकारात्मक रहेको र तातोपानी नाका खोल्ने विषयमा पनि तत्काल आफ्नो सरकारलाई अनुरोध गरी सुरक्षित नाका सञ्चालनको आवश्यक वातावरण तयार गर्ने विषयमा समेत छलफल भएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.