दोधारमा घरबारविहीन युवाहरु

रमेश पराजुली/चौतारा-
गत वर्षको विनाशकारी भूकम्पबाट घरबारविहीन बनेकाहरु पुनर्निर्माण कार्यलाई तीव्रता दिने कि पैसा कमाउन विदेशिने भन्ने दोधारमा छन् ।
वास्तवमा भन्ने हो भने पुनर्निर्माण जनशक्ति दिन प्रतिदिन वैदेशिक रोजगारमा जान बाध्य भएपछि पुनर्निर्माणमा ढिलाइ भएको हो । मुलुकमा राजगारको अभाव र न्यून आय भएपछि परिवारको हातमुख जोड्नैका लागि भए पनि अधिकांश युवा वैदेशिक रोजगारमा जान बाध्य भएको तथ्यांक राहदानी लिन जिल्ला प्रशासन कार्यालयमा लागेको लामले देखाउ“छ ।
विनाशकारी भूकम्पले १० हजार जनाको ज्यान लिएको गयो । जसमा सबैभन्दा बढी ३५ सय जना सिन्धुपाल्चोकका परे । भूकम्पले ध्वस्त बनाएको भौतिक संरचनाहरु डेढ वर्ष पूरा हु“दासमेत पुनर्निर्माणले पूर्णता पाउन सकेको छैन । भूकम्पबाट जिल्लामा ८८ हजार घरबारविहीन बन्न पुगे ।
पुनर्निर्माणका लागि चाहिने जनशक्ति अहिले खाडीको ५० डिग्रीसेन्टिग्रेड तापक्रममा पसिना बगाउन बाध्य छन् र मुलुकमा वुढावूढी र बालबच्चाहरु मात्र छन् । त्यसैले पनि पुनर्निर्माणले फड्को मार्न नसकेको हो । ‘डेढ वर्षसम्म घर बनाउन सकिएन, सरकारले दिएको पहिलो किस्ताको ५० हजारले जग राख्न पनि पुग्दैन, त्यसैले विदेशिन लागेको हुँ,’ चौतारा कुविण्डेका राजेन्द्र सापकोटा भन्नुहुन्छ । उहाँ अगाडि थप्नुहुन्छ, ‘म भूकम्प आएको बखत पनि मलेसियामा थिएँ, अहिले पनि राम्रो कम्पनीको खोजीमा राजधानी भासिएको छु ।’ विदेशिन खोज्ने उहाँ त एक प्रतिनिधि पात्र मात्र हुन् ।
जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा केही वर्ष यताबाट बढ्दै गएको तथ्यांक छ । वैदेशिक रोजगारीमा जानेको तथ्यांक संकलन गर्ने क्रममा जिल्लाबाट विदेशीनेको संख्यामा वृद्धि भएको सुरक्षित आप्रवासन परियोजना सामीको तथ्यांक देखाएको हो ।
आर्थिक वर्ष ०६७÷६८ मा दुई हजार सात सय ९३ जना, आव ०६८÷६९ मा तीन हजार सात सय ८१ जना, ०६९÷७० मा सात हजार छ सय ९९ जना, ०७०÷७१ मा आठ हजार तीन सय ७६ जना, ०७१÷७२ मा छ हजार नौ सय ७९ जना र ०७२÷७३ मा पाँच हजार दुई सय ३० जना वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ ।
यो तथ्यांकले वैदेशिक रोजगारमा जानेको संख्या बढ्दै गएको प्रष्ट देखाउँछ । वैदेशिक रोजगारमा जानकै लागि प्रशासन कार्यालयमा राहदानी सिफारिस लिने लाइनमा महिला र पुरुषहरु दुवै बसेको देख्न सकिन्छ । जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरुको प्रमुख गन्तव्य भनेको साउदीअरब, दुबई, कतार, मलेसिया, कुवेत, जोर्डन, ओमन, बहराइनलगायत देशमा बाहिरिने गरेका छन् ।
विचौलियाले फकाइफुलाई भारतको मुम्बईमा लगेर बेचिने हिजोको निरन्तरता अहिले फेरिए पनि पार्सपोर्ट बनाई वैधानिक÷अवैधानिक रुपमा जिल्लाका धेरै चेली बेचि“दै आए पनि नियमन संघसंस्थाहरुको कानमा बतास पस्न सकेको छैन ।
एउटै काममा खर्च भएको रकम एकातर्फ दूताबासको खर्चमा देखाएर त्यहा“ लेखा परीक्षण गर्न लगाउने र अर्कोतर्फ बोर्डको रकम खर्च भएको देखाएर नेपालमा लेखा परीक्षण गराई एउटै काममा दोहोरो रकम असुलिरहेको तथ्यांक बाहिर आए पनि राज्य निरीह हु“दा नेपालीहरु दिनदहाडै बेचिएका छन् । यसैबाट पनि ठगिने समाचार बारम्बार बाहिर आएका छन् ।
कामदारको मृत्यु भएमा वा समस्यामा परेमा विदेशबाट उद्धार गर्नेदेखि मृत्यु भएका कामदारको परिवारलाई क्षतिपूर्ति र घाइते वा अशक्त कामदारलाई उपचारबापत सबै खर्च गर्ने सरकारी प्रावधान रहे पनि जिल्लाका अधिकांश पीडितले यस्तो खर्च पाएका छैनन् । लामो समयदेखि मानव बेचविखनविरुद्धको अभियानमा धेरै संस्थाहरु लागे पनि निराकरण हुन नसकेको यर्थाथता रहेको मानव अधिकारकर्मीहरु बताउँछन् ।

Lokpriyasamachar@. Powered by Blogger.