बन्दूक सहित तामाङ पक्राउ

लोकप्रिय रिपोर्ट/चौतारा-
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले हिजो एक बन्दुक सहित प्रज्वलनशील पदार्थ जफत गरेको छ ।
जिल्लाको बाह्रबिसे गाउँ विकास समिति वडा नं. ४ फलाडाँडा स्थित कमानसिं तामाङको घरबाट बन्दुक सहित उक्त सामान बरामद् गरिएको हो ।

बाह्रबिसे आसपासमा अत्याधुनिक हातहतियार रहेको भन्ने गोप्य सूचनाको आधारमा हातहतियारको खोजी गर्न प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीको नेतृत्वमा गएको टोलीले उक्त सामानसहित बन्दूक धनि तामाङलाई नियन्त्रणमा लिएको हो ।
गाउँ गाउँमा यस्ता किसिमका अवैध हातहतियारहरु रहेको भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्ने क्रममा तामाङ सहित उक्त हतियार पक्राउ परेकोले नेपालको प्रचलित कानुन अनुसार कार्वाहि गरिने प्रहरी उपरिक्षक रविन्द्र केसीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले गत वर्षहरु भन्दा यस वर्ष विभिन्न प्रकारले गाउँमा उपस्थिति देखाएको छ । यसरी प्रहरीहरुको उपस्थितिले गर्दा गाउँघरमा हुनसक्ने अप्रिय घटना तथा मानवीय द्वन्द्व समेतमा कमि आएको छ ।    

Lokpriyasamachar@. Powered by Blogger.