दुई प्रहरीलाई विभागिय कार्वाहि

लोकप्रिय रिपोर्टर/चौतारा-
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रहरी हवल्दार श्रीमान् थापा र जवान सुन्दर श्रेष्ठलाई निलम्वन गरी विभागिय कार्वाहि अगाडि बढाएको छ ।
इलाका प्रहरी कार्यालय जलवीरेबाट ग्रामीण क्षेत्रमा सुरक्षाका लागि खटि गएका थापा र श्रेष्ठलाई नाजायज आर्थिक फाइदा लिएको आरोपमा निलम्वन गरी छानबिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।
सेलाङ लगायतका गाउँहरुमा जाँडरक्सी सेवन गरी बढी होहल्ला भएको सुराकी पाएपछि इलाका प्रहरी कार्यालय जलवीरेबाट उक्त गाउँहरुमा सुरक्षाको निमित्त खटाइएका प्रहरी हवल्दार र प्रहरी जवानले स्थानीय मादक पदार्थ सेवन गरेका व्यक्तिहरुलाई थुन्ने, कार्वाही गर्ने भनि धम्क्याउँदै रकम असुली गरेको थाहा भएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा झिकाई अनुसन्धान गरिएको प्रहरी निरिक्षक केदार बस्नेतले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामकृष्ण अधिकारीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति समेत गठन गरेर विभागिय कार्वाहि सुरु गरिएको थाहा भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सर्वसाधारण नागरिकको सुरक्षामा खटिरहेका सुरक्षाकर्मीबाटै यस्तो किसिमको अमानविय व्यवहार गरेकोले निजहरु माथि कार्वाहि गरेको जानकारी दिएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.