‘नागरिकको सुरक्षाको खातिर प्रहरी’

कानुन कार्यान्वयन गराउने निकाय प्रहरी हो, यो निकाय कसैको पनि लोभ लालच र प्रलोभनमा पर्दैन, यो कानुनको पालना गराउने र नागरिकलाई शान्तपूर्ण तरिकाले आफ्नो काम कार्यहरु कार्यान्वयन गर्न सघाउ पु¥याउने अभिन्न अंग भएको प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताउनुभयो ।






उहाँले प्रहरीहरु लगायत सुरक्षा निकायका कुनैपनि अंगहरु कुनैपनि संस्थाको वा व्यक्तिको नीजि स्वार्थमा प्रयोग हुने नभई समग्र नागरिकको सुरक्षाका खातिर स्वतन्त्र न्यायलयको कार्यान्वय पक्षधर पनि हो भन्नुहँुदै यस्तो क्रियाकपालमा संलग्न रहेको संस्थालाई कुनै आक्षेप लगाउन नहुने बताउनुभयो । उहाँले इर्खु गाउँ विकास समितिमा रहेको इर्खु प्रहरी चौकी भवनको उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो । प्रजिअ सिलवालले प्रमुख जिल्ला अधिकारी आफू भएको हैसियतले पनि जिल्लाका सुरक्षा निकाय तथा कुनैपनि सुरक्षाकर्मीबाट अनियमितता र अन्याय गर्दै आश, त्रास, प्रभावमा काम गरेको पाइए त्यस्तालाई विना शर्त कार्वाहि गरिने समेत बताउनुभयो । विषेश गरी सुरक्षाको प्रवन्धलाई सम्बन्धद्वारा सहजिकरण गर्न जग्गा उपलब्ध गराउनुहुने जग्गादाता टंकबहादुर तामाङ, पेक्ची तामाङ र इर्खु माध्यमिक विद्यालयका प्रअ अमृत दंगाल लगायतलाई धन्यवाद दिँदै यस्ता किसिमका सेवा पु¥याउन नागरिकहरुबाटै महत्वपूर्ण भूमिका निर्वाह गर्न थालेकोमा खुसी व्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्र केसीले प्रहरीहरु कसैको पनि होइन, तर सबैको हो, त्यसैले प्रहरी सबैको बनाउन नागरिकको सहयोग भएकोमा खुसी व्यक्त गर्दै विगतका दिनहरुमा प्रहरीले भोग्नुपरेको समस्यामाथि प्रष्ट पार्नुभयो । उहाँले पञ्चायती व्यवस्था रहँदा पञ्चे प्रहरी भन्ने गरिन्थ्यो, कांग्रेसको नेतृत्वमा रहेको सरकार रहँदा कांग्रेसको प्रहरी भन्ने गरिन्थ्यो, जुनसुकै दलको नेतृत्वमा रहेको सरकार रहँदा त्यहि दलका प्रहरी भनि सोच्ने गरेका आम नागरिकको भावनालाई नेपाल प्रहरीले यो सरकारको मात्र प्रहरी नभएर हामी नागरिककै प्रहरी हो भन्ने सोच्न थालेकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले आम नागरिकको सोच बिचार परिवर्तन गर्न पनि प्रहरीको महत्वपूर्ण भूमिका रहेको र प्रहरीलाई नागरिकले हेर्ने दृष्टिकोणमा पनि धेरै परिवर्तन आएको बताउनुहुँदै यो परिवर्तन ल्याउनुमा समाजको महत्वपूर्ण भूमिका रहेको समेत बताउनुभयो । समग्रमा सिन्धुपाल्चोकको हरेक गाविस र हरेक नागरिकहरुमा प्रहरीको आवश्यकता र प्रहरी प्रति गरिने व्यवहारमा धेरै नागरिकहरु सचेत भएको कारण नै प्रत्येक गाउँ या क्षेत्रमा शान्ति सुव्यवस्था कायम रहेको समेत केसीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका सभापति युवराज पुरी, नेपाल शिक्षक संघका तुलसी दंगाल लगायतले इर्खुमा प्रहरी चौकी भवन निर्माण गरेर सुरक्षा निकायलाई सहयोग गर्नुहुने दाता तथा सुरक्षाकर्मीहरु प्रति धन्यवाद व्यक्त गर्दै त्यस्तो कार्यको थालनीले सुरक्षा निकायहरुको मनोवल अझ उच्च हुँदै गएको र स्थानीय नागरिकले सुरक्षाको प्रत्याभूति गर्न थालेको महसुस भएको बताउनुभयो ।
जिल्लाका विभिन्न कार्यालय प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मी, नागरिक समाजको उपस्थितिमा भएको उक्त कार्यक्रममा इर्खु प्रहरी चौकीका इन्चार्ज प्रराज चौलागाईको विषेश सक्रियतामा उक्त भवन निर्माण भएकोमा उहाँलाई धन्यवाद समेत दिइएको थियो ।
टंकबहादुर तामाङ र पेक्ची तामाङले उपलब्ध गराएको जग्गामा आइओएमले आफ्नो खर्चमा भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । उक्त भवनमा इर्खु माविका प्रअ तथा समाजसेवी अमृत दंगालले आफ्ना पिताको सम्झनामा प्रतिक्षालय निर्माण गर्ने समेत बताउनुभयो ।

Lokpriyasamachar@. Powered by Blogger.