शान्ति ¥याली तथा वृद्धाश्रमलाई खाद्यान्न वितरण

३७ औं जिल्ला स्काउट स्थापना दिवसको अवसरमा जिल्ला स्काउट सिन्धुपाल्चोकद्वारा हिजो विहान जिल्ला स्काउट कार्यालय टुडिखेल चौताराबाट पुरानो बजार नारायणथानसम्म शान्ति ¥यालीको आयोजना गरिएको थियो ।
उक्त अवसर पारेर चौतारा स्थित वृद्धाश्रममा खाद्यान्न वितरण समेत गरिएको छ । कार्यक्रममा वृद्धाश्रमकी संयोजक माया निराशीले हामी सबै एकदिन वृद्ध अवस्थामा पुग्ने भएकोले वृद्धवृद्धाप्रति हामी सबैले सद्भाव र सहयोग गर्ने बानीको विकास गर्नुपर्ने साथै यो वृद्धाश्रम तपाईहरु सबैको हो तपाईहरुकै सहयोगले यो अगाडि बढिरहेको कुरा बताउनुभयो । त्यस्तै कार्यक्रमको अध्यक्ष जिल्ला स्काउट सिपाकी जिल्ला समन्वय आयुक्त मिना श्रेष्ठले स्काउट आफैमा स्वयमसेवी भएकोले यस्तो पवित्र आश्रममा सहयोग गर्न पाउँदा जिल्लाका सबै स्काउट गौरान्वित भएको कुरा बताउँदै स्थापनाकालदेखि नै जिल्लामा विविध क्रियाकलापहरु गर्दै आएको र भविष्यमा समेत सेवा कार्यमा निरन्तर जिल्ला स्काउट सक्रिय रहने बताउनुभयो ।
कार्यक्रममा जुगल बोर्डिङ हाइस्कूल, कृष्ण रत्नगंगा मावि, एकता बोर्डिङ र सेतीदेवी माविका स्काउट तथा स्काउट शिक्षकहरुको सहभागिता रहेको थियो भने सुरक्षा निकाय तर्फ नेपाल प्रहरीको पनि सहभागिता रहेको थियो ।


Lokpriyasamachar@. Powered by Blogger.