जनतालाई सेवा पु¥याउन घुम्ती शिविर

सन्तोषी बस्नेत/चौतारा-
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सेवालाई जनताको घरदैलोमा पु¥याउने उद्देश्यले गत वर्षहरु जस्तै यस वर्ष पनि घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।
उक्त कार्यक्रमलाई सफल गर्नको निमित्त स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले सबै सम्बन्धीत क्षेत्रलाई निर्देशन समेत दिनुभएको छ ।
पुस ३ गते प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको अध्यक्षतामा बसेको निर्णय अनुसार ठोकर्पा, लिसंखु, कालिका, सुनखानी र यमुनाडाँडा गाविसहरुका नागरिकलाई उनीहरुको सरकारी कार्यालयबाट पाउने सुविधा दिलाउनको निमित्त ठोकर्पा गाविस भवनमा पौष २८ गते घुम्ती शिविर राखिने भएकोले सम्बन्धित गाउँ विकास समितिहरुलाई त्यसको प्रचारप्रसार तथा व्यवस्थापन मिलाउन समेत स्थानीय विकास अधिकारीले निर्देशन दिनुभएको छ ।
त्यसैगरी थकनी गाउँ विकास समिति भोटेचौर, हैबुङ, सिन्धुकोट, बाँसवारी गाउँ विकास समितिहरुका नागरिकलाई सेवा दिनका लागि  थकनी गाविसको काउलेदोभान स्थित कृष्ण माध्यमिक विद्यालयमा घुम्ती शिविर सञ्चालन गरी सेवा प्रदान गर्ने भएको छ ।
दुवै सेवा केन्द्रमा स्थानीय जनसहभागिताको लागि स्थानीय विकास अधिकारीले आवश्यक व्यवस्थापन गर्न समेत नगर प्रमुख तथ गाविस सतिवहरुलाई अनुरोध गर्नुभएको छ ।
प्रजिअको अध्यक्षतामा बसेको बैठकले  २०७३/९/२८ गतेका दिन ठोकर्पा गाविसको गाविस भवनमा र ०७३/१०/१३ गते मेलम्ची नगरपालिका अन्तरगत काउलेदोभान थकनी स्थित कृष्ण माविमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
उक्त घुम्ती शिविरमा सेवाग्राहीहरुको सक्रिय र अधिकतम सहभागिता गराउन व्यापक प्रचारप्रसार गर्ने व्यवस्था मिलाउन सम्बन्धित र आसपासका गाविस सचिवहरुलाई जिविस मार्फत निर्देशन दिन अनुरोध गर्ने र सो घुम्ती शिविरमा जिल्ला स्थित विषयगत कार्यालयहरुले आ–आफ्नो कार्यालयका सेवा प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने निर्णय गरिए अनुसार स्थानीय विकास अधिकारीले यस्तो निर्देशन दिनुभएको हो ।
प्रजिअ सिलवालकै अध्यक्षतामा बसेको बैठकले सरकारी सवारी साधनहरुको समुचित प्रयोगका सम्बन्धमा समेत छलफल गरेको छ । छलफलले जिल्ला बाहिर सवारी साधनहरु लिएर जानु पर्दा र सार्वजनिक विदामा सवारी साधनको प्रयोग गर्नुपर्दा सवारी पासको अनुमति लिने व्यवस्थालाई अनिवार्यता गर्ने गराउने र सोको पालन भए नभएको सम्बन्धमा सम्बन्धित निकायबाट सवारी पासको चेक जाँच गर्ने व्यवस्थालाई कडाई गर्ने निर्णय समेत गरिएको छ ।


Lokpriyasamachar@. Powered by Blogger.