परियोजना प्रस्तावना लेखन तालिम संचालन

विकास निर्माणमा महिलाको नेतृत्व र बजेटको सहि कार्यान्वयन गराउने उद्देश्यले दुुई दिवशीय परियोजना प्रस्तावना लेखन तालिम संचालन भएको छ ।
 ग्रामिण महिला सिर्जनशील परिवारको आयोजना तथा अक्सफामको सहयोगमा सो तालिम संचालन गरिएको हो ।

तालिममा  राम्चे, चोकटी, पाँग्रेटार, तातोपानी, वाह्रविसे, कालिका र सुनखानीका  गाविसका २० जना महिलाको सहभागिता रहेको थियो ।  स्थानीय निकायको बजेट, गाविस, जिविस परिषद्मा योजना माग गर्ने तरिका, सम्झौता पत्र र रकम निकाशाको लागि प्रस्तावना लेखन लगाएको विषयमा सहभागिलाई प्रशिक्षीत गरिएको थियो ।
परियोजना लेखन तथा संचालनमा पोख्त  रामकृष्ण पराजुली लगायतकाले सहभागिलाई प्रक्षिशित गर्नु भएको थियो । तालिम प्रयोगात्मक भएकोले फलदायी हुुने प्रशिक्षक रामकृष्ण पराजुलीले बताउनु भयो ।
स्थानीय निकायमा महिला लक्षित लगायत लक्षित कार्यक्रमको  प्रस्तावनै नआएर योजनाको रकम फ्रीज जाने गरेकोमा अबका दिनमा समयमानै प्रस्ताव स्थानीय निकायमा पुुग्ने र सहि कार्यान्वयन हुुने अपेक्षा गरिएको  ग्रामिण महिला सिर्जनशील परिवारकी लैङ्गिक अधिकृत निर्मला आचार्यले बताउनु भयो ।

Lokpriyasamachar@. Powered by Blogger.