महिला शिक्षक भेला र नेतृत्व विकास तालिम सम्पन्न

नेपाल शिक्षक संघ महिला विभाग सिन्धुपाल्चोकको आयोजनामा शुक्रबार र शनिबार मेलम्चीमा महिला शिक्षक भेला तथा नेतृत्व विकास तालिम ‘म नेतृत्व लिन सक्छु’ क्ष् ऋबल तबपभ ब भिबम  भन्ने विषयमा भव्य रुपमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रम ने.म. संघ राष्ट्रिय अध्यक्ष उमा रेग्मीको प्रमुख आतिथ्यता, ने.शि. संघ राष्ट्रिय का.स. उपाध्यक्ष तथा सार्क शिक्षक महासंघका उपाध्यक्ष विष्णुदेवी पाण्डेको विषेश आतिथ्यता तथा ने.शि.संघ रा.का.स. सदस्य रुद्रलोचन आचार्य, ने.शि.संघ सि.पा.का अध्यक्ष तुलसीप्रसाद दंगाल, ने.शि.यु. पूर्व सचिव कुमारप्रसाद खतिवडा, नेपाली कांग्रेस जिल्ला सचिव झलक नेपाल, नेपाली कांग्रेस क्षेत्र नं. ३ अध्यक्ष आइतमान तामाङ, नेपाल शिक्षक संघ सि.पा.अध्यक्ष गिता नेपाल, सचिव गंगा चापागाई लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो । नेपाल शिक्षक संघ केन्द्रीय प्रतिनिधि शोभा उलकको स्वागत मन्तव्य ने.शि. संघ महिला सहसचिव लक्ष्मी पौड्यालको सञ्चालन, ने.शि.संघ महिला उपाध्यक्ष तथा महिला विभाग संयोजक गिता भण्डारीको सभापतित्वमा उद्घाटन कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।
म नेतृत्व लिन सक्छु भन्ने विषयमा नेपाल शिक्षक संघ रा.का.स. महिला उपाध्यक्ष विष्णुदेवी पाण्डेले नेपालको संविधानमा उल्लेख गरिएका विषयमा, ने.म. संघ के.स. उषा राउत र  लैगिकता र ने.शि.संघको स्थापनादेखि हालसम्मको गतिविधि र महिला शिक्षकको भूमिका विषयमा ने.शि.संघ रा.स.स. पुष्पकला भट्टराईले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका १ सय २२ जना अगुवा महिला शिक्षकहरुको उपस्थिति रहेको थियो ।
साथै केही समयमा सिन्धुपाल्चोक जिल्लामा क्रियाशिल रहेका लोकतान्त्रिक शक्तिहरुको बिचमा वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी प्रजातान्त्रिक संस्कारको विकास गराउने अध्यक्ष तुलसीप्रसाद दंगालल जानकारी दिनुभयो ।  

Lokpriyasamachar@. Powered by Blogger.