आगलागी हुँदा घरमा पूर्ण क्षती

बुधबार जलविरे ६ मा आगलागी हुदाँ मेख बहादुर थापाको घर पुर्ण रुपमा क्षती भएको छ । आगलागिका कारण सो घरमा रहेको एक वटा खुद्रा पसल र एक वटा तरकारी पसल मा क्षती पुगेको छ । करेन्ट सट भएर आगलागी भएको जलबिरे इलाका प्रहरीले जानकारी दिएको छ ।

स्थानिय बासिन्दा,नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटी जलबिरे उपशाखा को प्रयास बाट आगो नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रण गर्ने क्रममा इलाका प्रहरी कार्यालयका इन्चार्ज घाइते भएका छन् । घइते सहिको अहिले सदाबहार अष्पताल खाडीचौरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय जलबिरेले जानकारी दिएको छ । अहिले क्षतीको विबरण संकलन भैरहेको नेपाल रेडक्रस सोसाइटी जलबिरे उपशाखाले जानाएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.