ओझेलमा महादेवको मन्दिर

एकराज श्रेष्ठ/दोलालघाट-
काठमाण्डौबाट ५७ किलोमिटर पूर्व पर्यटकिय नगरको रुपमा चिनिएको काभ्रेको भुम्लुटार गाविस वडा ६ स्थित दोलालघाट  जहाँ पुरानो धार्मिक स्थल दुलालेश्वर महादेवको मन्दिर ओझेलमा छ ।
सुनकोशी, ईन्द्रावती तथा लिलावति नदिको संगममा पवित्र त्रिवेणीघाटको रुपले  चिनिने यस धार्मिक स्थलमा हरेक वर्ष बालाचतुर्दशीको सतबिज छर्ने अघिल्लो दिन बत्ति बाल्ने औशी, बालाचतुर्दशी, माघेसंघ्राती, हरितालिका तिज, ऋषि पञ्चमी तथा कार्तिक शुल्क हरिबोधिनी एकादशीमा मेला लाग्ने गर्दछ।यहाँ टाढा टाढाबाट  हजारौको संख्यामा धर्मावलम्वीहरु मेला भर्न आउँछन् ।

यस त्रिवेणी घाटको कसरी दुलालेश्वर महादेवको नामले नामाक्ङित गरेको रहेछ भन्ने बारेमा आफ्नै किवदन्ती रहेछ । पौराणिककालमा दुलाल थरका एक ब्राम्हण भोटमा नुन लिन जाने क्रममा उत्तर तर्फ रहेको पाटीमा बाँस बसि राती खाना बनाउने क्रममा बनाएको चुलोको ढुंगा खाना पाक्न लाग्दा हल्लिएर पोखिने गरेको रे, पटक पटक यसरी खाना पाक्न लाग्दा खाना पोखिएको हुदा उक्त ब्राम्हणले रिसाएर ढुंगामा पन्युले हान्दा सेतो दूध निस्के पछि मनमा बदो सन्देह लिई यहाँ त साक्ष्यात महाकाल महादेवको शिवलिंग पो उत्पति भएको रहेछ भनेर ब्राम्हणले महादेवको शिवलिंग स्थापना गरे निज दुलाल जातका ब्राम्हणले  स्थापना गरेर गएको हुँदा सो मन्दिरको नाम दुलालेश्वर महादेवको नामबाट प्रशिद्ध रहेको विश्वास गर्छन् यहाँका स्थानियहरु ।
यस त्रिवेनीघाटमा स्नान गरि भगवानको एक मन एक चित्त भई आराधना गरे ईच्छाएका कुराहरु पूरा हुने जनविश्वास छ । पौराणिककालमा तपस्मण सिमान्त उपध्यायले यस संगममा तपस्या गरेर हातमा फलाम पगाल्न सक्ने अलौकिक शक्ति समेत प्राप्त गरेको पराजुलि खानदानहरु बताउँछन् ।
२०६४ सालमा महायज्ञ लगाउन आउनु भएका कालीमाताले यहाँ भगवानको एकचित्त भइ ध्यान गर्दा चाँडै नै  ईश्वरिए दिव्य शक्ति प्राप्त गर्न सक्ने बताउनु भएको थियो ।  त्यस्तै अर्का एक साधु राम गिरी जो वर्षको २÷३ पटक ४÷५ दिनसम्म रातभर भगवानको आराधना गरेर बस्नु हुन्छ । यसबाट उहाँले आफ्नो शरीरमा इश्वरिय शक्ति पाएको अनुभव बताउनु भएको थियो । यीनै विश्वास आस्थाका साथ उहाले पैसठ्ठी हजार रुँपैया मन्दिरको सुधार एवम् संरक्षणको निमित्त दुलालेश्वर महादेव स्थान मर्मत तथा सुधार समितिको खाता राखी आवश्यक र अवस्था अनुसार थप सहयोग गर्ने वचन बद्धता गरेर जानू भएको थियो समितिका सदस्यहरुलाई ।
त्यस्तै २०६५ सालमा आउनु भएका कल्याणी माताले पनि यो संगम स्थल अति पवित्र रहेको बताउनुका साथै उक्त समयमा गरिएको महायज्ञबाट बचेको रकम ११,१,११
रुपैया मन्दिर सुधार तथा संरक्षणको निमित समितिलाई जिम्मा लगाइ जानू भएको थियो ।
१९०३ सालको चन्द्र शम्सेरको पाला निर्मित ईट्टाबाट घेरा बन्दी गरिएको मन्दिरको दक्षिण पटि एउटा बिष्णु रुपी ठूलो पिपलको बोट छ भने उत्तर तर्फ ५ वटा अशोक वृक्ष छ जुन बिश्वमै दुर्लव बृक्षमा गनिन्छ । जस्को संरक्षण गर्न समितीका सदस्यहरु २०५७ साल देखि टदारुपकता साथ अगाडि बढेका छन झन समितीका सह कोषाध्यक्ष राम कुमार शाह कहिले जिविस त कहिले गाविस कहिले भुक्षय कार्यलय त कहिले पुरातात्विक विभागको ढोका धकधक्याउन गई रहेका छन तै पनि पुर्ण संरक्षण हुन सकेको देखिदैन । यस विषयले सदैव चिन्तितमा हुनु हुन्छ समितिका अध्यक्ष कृष्णबहादुर कक्षपति ।
 कक्षपति आफ्नो कार्यअवधी लगायत सहित समितिको इतिहासको बारेमा यसरी बताउनु भएको थियो २०५१ सालबाट समितीको जिम्मेवारी पदमा रहि आफ्ना सहयात्रीको साथमा पहिलो पटक २०५१ सालमै  काभ्रे जनागाल निवासी केदार थापाको अनुदानमा  महादेवस्थानको पहिलो मन्दिर निर्माण कार्य सम्पन्न गर्नु भएका थियो ।
२०६०÷१२÷१७ मा आफ्नै लगानीमा लक्ष्मीनारायण मन्दिरको निर्माण गरि उदघाटन, जिवनराम, दयाराम र बलराम श्रेष्ठको संयुक्त अनुदानमा २०६१÷५÷२१ मा राधाकृष्ण मन्दिरको निर्माण कार्य सम्पन्न गरि उदघाटन,   २०६२÷१÷१६ दुर्गाबहादुर श्रेष्ठको अनुदानमा पशुपति महादेवको मुर्ति स्थापना तथा मन्दिर निर्माण गरि उदघाटन, २०६४÷५÷१८ मा दोलालघाटका स्थानिय श्रद्धालुहरुको संयुक्त अनुदानमा भगवती मन्दिरको निर्माण गरी उद्घाटन र २०६७÷३÷३० पराजुलि खानदानका तपस्मन सिमान्त उपाध्यायको पराजुली खानदानको संयुक्त अनुदानमा ऋषिको प्रतिमा स्थापना गरि सो को उदघाटन कार्य सम्पन्न गर्ने कार्यमा सहभागी भैई समिती  सहभागी रहेको  बताउनु भयो।मन्दिर निर्माणको साथ साथ पाटी निर्माण मा पनि अहम भुमिका निभाउन परेको बताउनु भयो । घुंगुुरु बाबाले आर्थिक संकलन गरेर बनाएको पाटी सहि ढंगबाट निर्माण नभएको कारण  भत्के पछि धेरै वटा कम्पनी, जिविस र गाविसको आर्थिक सहयोगबाट २०५६  सालबाट बहु बर्षिय योजनामा पाटी निर्माण कार्य सम्पन्न गरेको जस अनुरुप पहिलो बर्ष २०५६ मा जग फाउन्डेशन,२०५७ मा पहिलो तल्ला,२०५८ मा दोस्रो तल्ला निर्माण र २०६१ मा टपमा ट्रस्ट निर्माण गरि कार्य सम्पन्न साथै २०६३मा दोलालघाटका युवाहरुको संयुक्त लगाणीमा बजार देखि मन्दिर सम्म ढुंगा बिछ्याउने कार्य सम्पन्न गरेको अनुभव बताउनु हुन्छ ।
त्यस्तै यस समितीले धार्मिक कार्यहरु लोप नहोस र धार्मिक कार्यमा रुचि अभिबृदी गर्न  २०३० सालमा सात दिन सम्म नारायण सप्त महायज्ञ, २०३१ साल देखि  हरेक बर्षको मांघेसंक्राती मेलामा ज्याम्दी हरि किर्तन द्वारा २४ घण्टा  एक अहोराग किर्तन,होम रुद्रि पृति उद्धार संचालनमा  समिती बाट आर्थिक तथा भौतिक सहयोग,२०५६ सालमा बाबा घुंगुरुको अग्रतामा होम रुद्रि सहित ११ दिने शिवपुराण सम्पन्न,२०५७ सालमा केदार थापाको  सहयोगमा शिवपुरान सम्पन्न,२०६१ साल देखि हरेक ३ वर्षमा आउने पुरषोतम महिनामा पुजा व्रत एंव पन्दित द्वारा महात्म्य बाचन हाल सम्म गाराउदै आएको,२०६४ सालबाट हरेक कृष्ण जन्माष्टमीको दिन १०८ भन्दा माथी सम्म कन्या हरुलाइ बर्षेनी आयोजना गर्दै सो शुभकार्य लाई निरन्तरता दिई रहेको जानकारी गराउनु रहनु भयो ।
यसरी समितीमा रहि आफु लगायत आफ्ना अग्रज समुहले मन्दिर निर्माण ,धार्मिक कार्य तथा धार्मिक परम्परालाइ निरन्तरता दिने कार्यमा कुनै कसर बाकी नराखी परम्परालाई जिवितै राख्ने कार्य गर्दा गर्दै पनि गत ०७३ असोज ३ गते सम्पन्न दुलालेश्वर बातावरणिय तथा समाज सेवा क्लवको २२ औ साधारणसभामा क्लवका अध्यक्षुबाट दिईएको अभिब्यक्ती प्रति गुनासो गर्नु हुन्छ । त्यस्ता तितो ब्यङग्यले हिजको दिनमा समितीमा रहि निर्वाह गरिएका जिम्मेवारी प्रति न्यायोचित नभएको बताउनु हुन्छ ।
जिप्रकामा दर्ता नभए पनि हामी र हाम्रो हो,यो समाजको हो र हामी यो समाजका हौ भन्ने बिचारका साथ गरेका  धार्मिक कार्यहरु सम्पन्न गरेका कार्य प्रति गर्व गर्नु हुन्छ उहाँ आफै।डाडा माथी डुब्न लागेको घाम झै श्रापित हुन नपरोस ,कसैले गलहत्याउने व्यवहार नगरोस यहि धारणा अनुरुप धार्मिक आश्थाका साथ समितीमा रहि जिम्मेवारी लिने धर्मालम्विको स्वागतको पर्खाईमा हुनु हुन्छ उहाँ।यति धेरै धार्मिक सहिष्णुता बोकेको यश धार्मिक स्थल ओझेलमा न रहोस।यसको संरक्षण तथा सुधार तर्फ राज्यको पनि ध्यानाकर्षण भै दिए यस धार्मिक स्थलको अझ महत्व बढ्ने  आशामा हुनु हुन्छ कक्षपति ।
त्यस्तै उक्त गा बि स कै सोही वडाको उत्तर तर्फको बन्देउ डाडामा अवस्थित सिंह देवी माताको मन्दिर झनै ओझेलमा रहेको बताउछन त्यहाका टोलबासीहरु करिव २५ घरधुरी रहेको दोलालघाट बजारबाट  करिव १ किलोमिटर उकालो लागे पछि पुर्व पटि पाखा  मुलखर्क भिमसेन र पश्चिममा पलान्चोक भगवती माताको बिचको डांडा रहेको  सत्तकी देबी माता आस्थावानका साथ पुजा गर्छन यहाका स्थानियहरु।शुरुमा १३ जना गुठियारबाट मात्र पुजामा समावेस हुँदै आएकोमा  हाल २०जना गुठीमा आवद्ध धर्मावलम्वीहरु सहित अन्य धर्मालमबी बाट पुजाआजा गरि सम्पन्न गर्ने गरेको बताउनु हुन्छ यस देविथानका पुजारी हरि शरण श्रेष्ठ ।
मन्दिरमा भोग नखाने पुर्वपटी बिराजमान कमला देवि माता हुनु हुन्छ भने पश्चिममा कोरेली पोथी जाती मात्र भोग खाने सिंह देवी माता बिराजमान हुनु हुन्छ । एकचित एकमनका साथ ईच्छाएका कुराहरु देवीमाता संग मागेमा पूरा हुने बिश्वास राख्छन यहाका धर्मालम्वीहरु। २०७२ बैशाख १२ गतेको भुकम्प  पश्चात जिर्ण अवस्थामा रहेको मन्दिर निर्माण एंव ब्यवस्थापनको निमित एक अभियानका साथ लागि आइ परेका छन पुजारीका जेठा सुपुत्र सुमन बहादुर श्रेष्ठ । गुठीमा संगठित धर्मावलम्वी लगायत स्थानिय संघ संस्था एंव सहयोगी हातहरुको आशाका साथ उक्त ओझेलमा रहेको मन्दिरलाई नयाँ रुपमा निर्माण गर्ने तयारीमा रहेको श्रेष्ठले बताउनुभयो ।

Lokpriyasamachar@. Powered by Blogger.