व्यक्तिको सहयोगमा भवन

लोकप्रिय रिपोर्टर/चौतारा
विनाशकारी भूकम्पका कारण विद्यालयका भवनहरु धेरै क्षति भएका थिए । जिल्लामा हरेक संघसंस्थाबाट विद्यालय भवन निर्माण गरिरहेका छन् । तर व्यक्तिको सहयोगमा भवन बनेको छ ।



ठूलोसिरुवारी गाउँ विकास समिति वडा नं. ९ स्थित सिमान्तकृत वस्ती (माझी समुदाय)लाई जर्मनी नागरिकले ५ कोठे भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो ।
शिक्षा क्षेत्रमा विभिन्न संघ संस्थाले लगानी गरेर विद्यालय भवन निर्माण गर्ने प्रतिष्पर्धा चलेको अवस्थामा विद्यालय भवन व्यक्तिबाट निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेकोमा स्थानीयवासी तथा विद्यार्थीहरु खुसी भएको झमलादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुले अरु विद्यालय भन्दा पहिले राम्रो भवनमा पढ्न पाएका छन् ।
विद्यालयका प्रअ लालबहादुर श्रेष्ठले विद्यालय भवन निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेपछि त्यहि भवनमा पठनपाठन सुरु गरेको र यसरी त्यस भवनमा पठनपाठन सुरु गरेपछि विद्यार्थीको संख्यामा पनि बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । गाउँ बाल संरक्षण समितिका अध्यक्ष शिवबहादुर केसीले बालबालिकाको सहयोगको लागि नेपाल सरकार तथा गैर सरकारी संघ संस्था भन्दा पनि व्यक्तिले गरेकोमा छिटो र लाभदायी देखिएको बताउँदै अन्य विद्यालयमा पनि यस्ता व्यक्तिको खाँचो रहेको बताउनुभयो ।
साँगाचोक स्रोतकेन्द्रका स्रोतव्यक्ति डम्बर श्रेष्ठले नेपाल सरकारको शिक्षा नीति निर्देशन पालना गर्ने स्रोतकेन्द्रकै पहिलो विद्यालयको रुपमा देखा परेको झमलादेवी आधारभूत विद्यालयको प्रअ लगायत विद्यालय परिवारको पहलमा भवन निर्माण भएकोमा खुसी व्यक्त गर्दै संसोधित शिक्षा ऐन अनुसार विव्यस गठन गर्ने भूकम्प पछि विद्यालय नागरिक वडापत्र सार्वजनिक गर्ने पहिलो विद्यालय भएकोमा समेत श्रेष्ठले उक्त विद्यालयलाई धन्यवाद समेत दिनुभएको छ ।
ठुलोसिरुवारी गाउँ विकास समिती अन्तरगत पर्ने डडुवा ९ मा रहेको झमला देवी आधारभूत विद्यालयमा नागरिक वडा पत्र समेत टाँसिएको छ । यो भूकम्प पछि सम्भवत नागरिक वडा पत्र टाँस्ने पहिलो विद्यालय भएको दावी स्थानीय सरोकारवालाहरुले बताएका छन् ।  

Lokpriyasamachar@. Powered by Blogger.