महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

राष्ट्रिय स्वयमसेविका तथा अन्तराष्ट्रिय स्वयम्सेवक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सिन्धुपाल्चोक जिल्लामा पनि विभिन्न संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी मनाएका छन् । जिल्लामा स्वास्थ्य स्वयम्सेविका, स्काउट, सरकारी तथा  गैरसरकारी संघसंस्था लगायतका सामाजिक संघसंस्था र क्लवहरुले निःशुल्क रुपमा स्वयम्सेवी भूमिका निर्वाह गर्दै आइरहेका छन् ।  
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाद्धारा सञ्चालित भूकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत नवलपुर, बाँडेगाँउ, कुञ्चोक र मेलम्ची नगरपालिकामा राष्ट्रि«य महिला स्वास्थ्य स्वयंसेवक तथा अन्तराष्ट्रिय स्वयंसेवक दिवस मनाइएको छ ।
उक्त अवसरमा क्यानेडिएन रेडक्रसको सहयोगमा तीन वटै  गाविस र मेलम्ची नगरपालिकामा कार्यरत महिला स्वयंसेविकाहरुलाई वाका–वाका (सोलार लाइट र पावर बैंक) र सल वितरण गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभँडेलले स्वमसेविकाहरुले गरेको कामको उच्च प्रसंशा गर्दै समाजसेवामा लाग्न प्रेरणा दिनुभएको थियो ।
साथै नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखासँग विगत एक वर्षदेखि आवद्ध भएका ३० जना स्वयंसेवकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक, कर्मचारी, मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु, नर्वेजियन तथा क्यानेडिएन रेडक्रसका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
आगामी डिसेम्बर महिना भित्र सिन्धुपाल्चोक जिल्लाका २० वटा स्वास्थ्य चौकी अन्तर्गत रहेका महिला स्वयंसेविकाहरुलाई वाकावाका वितरण गरिने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले जानकारी दिएको छ ।


Lokpriyasamachar@. Powered by Blogger.