जुगल थालखर्कको साधारण सभा सम्पन्न

जुगल थालखर्क होल्चे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौं साधारण सभा हिजो सम्पन्न भएको छ ।
खानेपानी तथा ढल निकासा विभागका डिभिजन इन्जिनियर अरुण सिम्खडाले उद्घाटन गर्नुभएको पाँचौं साधारण सभाले आयव्यय र कार्य प्रगति विवरणको समेत अनुमोदन गर्दै आगामी वर्षको कार्ययोजना समेत पास गरेको छ ।

उपभोक्ता समितिका कोषाध्यक्ष टंक कार्कीले ०७२÷७३ मा मात्र ४९ लाख १८ हजार ९ सय ५ को कारोबारको विवरण प्रस्तुत गर्नुभएको थियो भने सचिव श्यामकृष्ण श्रेष्ठले संस्थाको भावी नीति बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उक्त समितिले हालसम्म ६ सय ४५ नीजि धारा, १ सय ७७ सामुदायिक धारा, सरकारी तथा संघसंस्थाले ६३ गरी जम्मा ... धारा वितरण गरी खानेपानीको व्यवस्था मिलाइरहेको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुभाष कर्मचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अरुण सिंखडा, विषेश अतिथिहरु पूर्व सांसद कृष्णराज श्रेष्ठ, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन प्रमुख लक्ष्मीप्रसाद उपाध्याय, नेकपा माओवादीका नेता नेत्र दंगाल, नेपाली कांग्रेसका यज्ञ दंगाल, एमालेका इश्वरीप्रसाद श्रेष्ठ, माओवादी केन्द्रका नरमान श्रेष्ठ, पूर्व अध्यक्ष ज्ञानेन्द्रप्रसाद कक्षपति, स्थानीय उपभोक्ता अमिर श्रेष्ठ लगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.