नेपाल विद्यार्थी संघ इकाई समिति गठन

नेपाल विद्यार्थी संघ मावि स्तरीय इकाई समिति गठन भएको छ । जिल्लाको १ नं. क्षेत्र अन्तर्गत पर्ने बालशिक्षा माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघका कार्यवहाक सभापति नविन श्रेष्ठको विषेश उपस्थितिमा अनिषा पराजुलीको सभापतित्वमा १७ सदस्यीय इकाई समिति गठन भएको हो ।


नेपाल विद्यार्थी संघ १ नं. क्षेत्रीय सभापति हेमन्त श्रेष्ठ, सुनकोशी बहुमुखी क्याम्पसका इकाई सभापति रविन विश्वकर्मा, सन्तोष नेपाल,  रोहन भट्टराई, मनोज खड्का, राजन श्रेष्ठ, रुकेश श्रेष्ठ, रमेश दाहाल, रुपा राय, सुनिल तिमल्सिना लगायतका विद्यार्थी नेताहरुको उपस्थितिमा गठन भएको इकाईको उपसभापतिमा प्रकाश तामाङ, सुस्मिता तिमल्सिना, जीवन नेपाली, सचिव विदुर घिसिङ, सहसचिव बुद्धिराम गोले, कोषाध्यक्ष इन्दिरा केसी, सदस्यहरुमा पार्वती श्रेष्ठ, प्रविण श्रेष्ठ, रमा नेपाल, उमा रिजाल, सुस्मा श्रेष्ठ, सबिता भट्टराई, संगिता सतशंकर, माइली तामाङ, अन्जना श्रेष्ठ, रसोच श्रेष्ठ रहनुभएको छ ।
नवगठित इकाई समितिका पदाधिकारीहरुलाई शुभकामना दिँदै कार्यवहाक सभापति श्रेष्ठले विद्यालयमा गुणस्तरीय शिक्षाको लागि विद्यार्थीहरुको आवाज वुलन्द गर्न र नेपाल विद्यार्थी संघको नीति, विधान अनुसार कार्य गर्न समेत अनुरोध गर्नुभएको छ ।
यसअघि सेतीदेवी शारदा माविमा पनि इकाई समिति गठन भएको थियो । जसमा सभापती साजन मोक्तान, उपसभापती प्रजुला तिमल्सिना, सरोज खत्री, सचिब सचिना कार्की, सहसचिव गंगा थामी, कोषाध्यक्ष नविना चालिसे र सदस्यहरुमा शुस्मा विश्वकर्मा, स्वस्थिका बुढाथोकी, राजेन्द्र पराजुली, सुरज चालिसे, अम्रीसा श्रेष्ठ रहनुभएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.