प्रहरीले ग¥यो विशेष अनुशिक्षण तालिम

जिल्ला  प्रहरी कार्यलय सिन्धुपाल्चोकमा ६ दिने अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण तालिम सञ्चालन भईरहेको छ । उक्त तालिम सोमबारदेखि सुरु भएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र केसीले उद्घाटन गर्नुभएको थियो  ।
तालिमको उद्घाटन गर्दै केसीले तालिम प्रभावकारिता बारे जानकारी दिनुभएको थियो । तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर देशमा भएका अपराधका घटनाहरु न्युनिकरण गर्न सक्ने कुरामा विश्वस्त रहेको कुरा समेत उहाँले बताउनु भयो ।
जिल्लाको सुरक्षाको निमित्त जिल्ला प्रहरी कार्यालयले विभिन्न समयमा विभिन्न स्थानमा सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम समेत गर्दै आएको छ ।
जनताको सेवा सुरक्षाको लागि जिल्ला प्रहरी कार्यलयले चोरी डकैती लगाएतका अपराध नियन्त्रण गर्न विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ ।  जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक केदार बस्नेतले तालिममा सहभागिलाई शुभकामना मन्तव्य व्यक्त गर्दै यो कार्यक्रमले प्रहरी प्रशिक्षार्थीहरुमा अपराध नियन्त्रण गर्न आत्मबल बढ्ने प्रष्ट पार्नु भयो ।
सो तालिममा प्रहरी हवल्दार १० जना र प्रहरी जवान २७ जना गरी जम्मा ३७ जना प्रक्षिशार्थी रहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । त्यसैगरी आगमी दिनमा जनतालाई पनि विभिन्न प्रकारको बढ्दो अपराध न्यूनिकरण गर्नको लागि ५६ हजारलाई अपराध अनुसन्धान सम्बन्धी तालिम दिने लक्ष्य नेपाल प्रहरीको रहेको उहाँले बताउनुभयो ।

Lokpriyasamachar@. Powered by Blogger.