भारतीय सांसदद्वारा नेपाली स्वाभिमानको प्रशंसा

महेशकुमार श्रेष्ठ/राजस्थान-
परम्परा, धर्म तथा सास्कृतिक मान बिन्दुको सबर्धन तथा जगेर्ना गर्ने र नेपाल भारतका नेपालीहरु बिच धार्मिक सास्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देस्यले नेपाल सस्कृती परिषद्को आयोजनामा भारतको राजस्थानमा डिसेम्बर २४ र २५ मा अन्तराष्ट्रिय कार्यकारीणि बैठक तथा सम्मेलन भएको छ ।
कार्यक्रममा बोल्दै भारतीय सांसद तथा विधायकहरुले नेपाल र भारतको सास्कृति जोगाउन सबै लाग्नु पर्ने बताएका छन् । नेपाल देश गरिब छ सानो छ तर आफ्नो राष्ट्रियताका लागि कहिले झुक्दैन । सांसद, मंदसौर तथा नेपाल सस्कृति परिषद्का महासचिब सुधिर गुप्ताले बताउनुभयो ।

नेपालबाट प्रतिनिधित्व गर्नु भएका सांसद तथा नेपाली कङ्गेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले दुई देश बीचको सस्कृतीको लागि आफू सधै लागि पर्ने बताउनु भयो । राजनितिक परिवर्तनको लागि पनि भारतको ठूलो भुमिका रहेको र निरंकुश शासन सङ्ग लड्न दुबै देशको भुमिका रहेको बताउनुभयो ।
नेपालको बारे आफु केही नबोल्ने बताउदै नेपालको भबिष्य नेपालिले आफै कोर्छ । हाम्रो सस्कृती एउटै छ, हाम्रो अहिलेको हैन धेरै पुरानो देखिको मित्रता हो । दार्जिलिङ, सिक्किम जाँदा आफूलाई नेपाल पुगेको भान हुन्छ हाम्रो दिल पनि मिल्छ, लाड्पुराका विधायक भबानी सिँह राजावतले बताउनुभयो । भारतीय विधायकहरुले नेपालिहरुको बखान गर्दै नेपालीहरु स्वाभिमान छन् । नेपाली जत्तिको गुण भएको कोहि हुदैन । राजस्थान कोटामा रहेका नेपालीलाई सबभन्दा बिस्वास गर्ने पनि उनीहरुले बताए । बोल्ने क्रममा छिमेकी कसैको कहि पनि बदल्न सकिन्न एउटा छिमेकी सबै कुराले समृद्धि भएपनि अर्को छिमेकी समस्या ग्रस्त भएमा सम्पन्न वाला छिमेकी कहिले शान्ती पुर्ण ढङ्गले बस्न पाउदैन त्यसैले सबै छिमेकी सम्पन्न हुन जरुरी छ । धर्म र सस्कृतिले नैतिकवान पनि बनाउँछ त्यही कुराको कमि भएर राजनिति बिग्रेको छ । भारतबाट कतिपय कुराहरु सिक्नु पर्ने बताउनुभयो ।
भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले नेपालको आर्थिक प्रगतिमा काधमा काध मिलाएर जानू पर्नेछ र भारतले विशाल हृदय गरेर नेपालमा आर्थिक प्रगतिको लागि स्थायी शान्ती, स्थिरता र आर्थिक समृद्धिको लागि पहल गर्दिन आग्रह गर्नु भयो । कार्यक्रममा धेरै नेपाली तथा नेपाली भाषी भारतीयहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा मुख्य मार्गदर्शक राष्ट्रिय कार्यकारीणि सदस्य इन्द्रेश कुमारले आफ्नो वचन सुनाउनु भएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.