विद्यालय सरसरफाई सम्बन्धी प्रशिक्षण सुरु

सुजन रेग्मी/चौतारा-
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाद्वारा जिल्लाको कुञ्चोक,वाडेगाँउ,नवलपुर र मेलम्ची १२,१३ मा संचालित भुकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत विद्यालयका शिक्षक शिक्षिकाहरुका लागी विद्यालय सरसफाई र स्वच्छता प्रवर्दन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम चौतारामा सुरु भएको छ ।
कार्यक्रम संचालित तिन गा.वि.स र मेलम्ची नगरपालिकाका एकतिस वटा विद्यालयका ३१ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको तालिम ७ गतेसम्म चल्ने छ । खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्र अन्तर्गत संचालित तालिममा समुदायमा पुर्ण सरसफाई कार्यन्वयन गर्न विद्यालयका शिक्षक एवं विद्यार्थीको भूमिकाको विषयमा बढी केन्द्रित हुने आयोजकले बताएको छ ।  

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभेडलले उद्घाटन गर्नुभएको तालिममा जिल्ला शाखा कार्यसमितका पदाधिकारीहरु, कर्मचारीहरु लगायत नर्वेजियन रेडक्रसका प्रतिनिधीहरु समेतको उपस्थिति रहेको थियो ।
“खुल्ला दिशा मुक्त अभियान र पुर्ण सरसफाई कार्यन्वयनका लागी विद्यालय,शिक्षक र विद्यार्थीहरु बढी प्रभावकरी माध्यम बनेकाले अब त्यतै केन्द्रित हुनुपर्छ ” तालिममा मुख्य प्रशिक्षक समेत रहनुभएका ने.रे.सो केन्द्रिय कार्यलय जुनियर तथा यूवा विभागका पुर्व निर्देशक मुक्ति पोखरेलले भन्नुभयो, “ शिक्षक शिक्षिकहरुहरु समुदयका सबैभन्दा बढी विश्वासनिय पात्र हुनुहुन्छ खानेपानी,सरसफाई तथा स्वच्छता सम्बनधी सकरात्मक सन्देश सहित लागी परे यो अभियान सफल हुनेछ ।” तालिममा वर्तमान सरसफाई गतिविधी, सरसफाई गुरुयोजना, ट्रिगरीङक विधि, महिनावारी स्वच्छता व्यवस्थापनका साथै विद्यालयमा अब बन्ने शौचालय बालमैत्री, महिलामैत्री र अपांगमैत्री हुनुपर्ने कुरामा सहजीकरण गरिने छ ।
समुदायमा विद्यालय सरसफाई र स्वच्छताका हिसाबले नमुना हुने विद्यालयलाई सरसफाई योजना निर्माणको लागी समेत सहजीकरण गरिने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुपाल्चोकले जनाएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.