विद्यालय प्राङगणमै शव दहन

सिन्धुपाल्चोको पर्यटकीय क्षेत्र समेत मानिने हेलम्बु स्थित मेलम्ची घ्याङबासीहरुले मेलम्ची घ्याङ गुठी गुम्बा चिनियाँ लामाको अधिकारमा रहँदा आफुहरुको नियमित पुजा पाठ र अन्य कार्य सञ्चलनमा समस्या आएको भन्दै स्थानीयका स्वामित्वमा सञ्चलन गर्न पाउनु पर्ने माग गरेका छ्न ।
एक अन्तक्र्रिया कार्यक्रम आयोजना गर्दै उनिहरुले यस्तो माग गरेका हुन । मेलम्चीघ्याङमा आयोजित अन्तक्र्रियामा उनीहरुले गुठी संस्थानका कार्यकारी निर्देशक नरायण चौधरी समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् । वर्षौदेखि चिनियाँ लामाको अधिकारमा गुम्बा रहेको तर लामा कहिल्यै नआउने गरेकाले उनीहरुलाई पुजा पाठ लगायतका काममा समस्या परेको स्थानीय तेन्जेन लामाले बताउनु भयो । कार्यक्रममा सांसद शेरबहादुर तामाङ र लारक्याल लामाले स्थानीयले नै सम्पूर्ण गुम्बा सन्चलनको अधिकार पाउनु पर्नेमा जोड दिनु भयो ।
प्रमुख अतिथि गुठी संस्थानका कार्यकारी निर्देशक नरायण चौधरीले कसैले अधिकार लिदैमा निज कर्तब्य पुरा नगरे स्थानियहरुले समिती बनाएर आएमा सस्थानले कार्य सञ्चालन गर्न अधिकार दिने र भबिश्यमा स्थानीय मै अधिकार सुम्पनको लागी सहयोग गर्ने बताउनु भयो । वर्षौ देखी बौद्ध घ्याङ गुम्बाका चिनियाँ लामाले त्यहाँ अधिपत्य जामाउँदै अएका छन् ।
गुठी संस्थानमा सबै आम्दानी बौद्ध घ्याङ गुम्बाका चिनियाँ लामाको मातहतमा हुने र सोही अनुसार उनले नै गुम्बा सञ्चालनको आवश्यक व्यवस्था मिलाउनु पर्ने भएपनि बिगत ३० वर्षदेखि उनले यसबारे चासो नदिइरहेको छ । स्थानीयसँग भने गुम्बा सञ्चालन गर्न आम्दानीको कुनै स्रोत तथा अधिकार छैन ।
यस्तै मेलम्ची घ्याङ माविको विद्यालय प्राङ्गणमा लाश जलाउने गर्दा पठ्न पाठनमा बाधा पुग्ने गरेको छ । गाउँमा कसैको मृत्यु भयो भने विद्यालय उक्त दीन बिद्यालय बन्द गर्नु पर्ने बाध्यता छ । चिनिया लामाले त्यहाँबाट घाट हटाउन नमानेकाले सधै त्यहाँ नै शव दहन गर्दा विद्यार्थी समेत डराउने गरेको प्रअ पूर्ण गौतमले जानकारी दिनुभयो ।
पटक पटक जिल्ला शिक्षा अधिकारिले भन्दा पनि चिनिया लामाले नमानेको गौमतले जान्कारी दिनु भयो । बौध घ्याङ गुम्बका चिनिया लामाले उक्त स्थानमा गुम्बाको जिम्मा लिइ वर्षै देखि पुजापाठ लगयत काम मा पनी बाधा पु¥याउँदै आएको स्थानीय पाशाङ लामाले दुखेसो पोख्नुभयो ।

Lokpriyasamachar@. Powered by Blogger.