कुञ्चोकमा शौचालय सामाग्री वितरण

हस्तविर दोङ/कुञ्चोक-
नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोक जिल्ला शाखाले जिल्लाको कुञ्चोक गाविस वडा नम्बर १ र २ का ७६ घरधुरीलाई शौचालय सामाग्री वितरण गरेको छ ।

अन्य निकायबाट सहयोग नपाएका र शौचालय पहुँच नपुगेका घरधुरीलाई वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको सिफरिसका आधारमा पहिलो चरणका सामाग्रीहरु प्यान, पाईप, सिमेन्ट र रड वितरण गरीएको हो । शौचालय सामाग्री वितरण कार्यक्रममा सम्बन्धित वडाका नागरीक मञ्च, टोल टोलमा गठन भएका भूकम्प पुनर्लाभ कार्य समूहका प्रतिनिधीहरु, रेडक्रस स्वयम्सेवक र कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
सुरक्षित रुपमा दिशा गर्ने बानी नभएको वा शौचालयन भएकै कारण सरसफाई जन्य रोगबाट हुने मानविय क्षतिलाई कम गर्ने र गाविसलाई पूर्ण सरसफाईको अवस्थासम्म पु¥याउने लक्ष्य राखिएको छ ।
नेपाल रेडक्रस सोसाईटीले जिल्लाको कुञ्चोक, नवलपुर, बाडेगाँउ गाविस र मेलम्ची नगरपालिका वडा नम्बर १२ र १३ (साविकको शिखरपुर गाविस)मा भूकम्प पुनर्लाभ कार्यक्रम संचालन गरिरहेको छ ।

Lokpriyasamachar@. Powered by Blogger.