नेत्रज्योतीको अध्यक्षमा केसी

नेत्रज्योती कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष इन्द्रबहादुर पुरीको अध्यक्षतामा बसेको साधारण सभाले शिवबहादुर केसीलाई सहकारी संस्थाको अध्यक्षको जिम्मेवारी दिएको छ ।
साधारण सभाले शान्ता क्षेत्रीलाई उपाध्यक्ष, नेत्रबहादुर बस्नेतलाई सचिव, होमनाथ चौलागाईलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । यसैगरी सदस्यहरुमा इन्द्रबहादुर पुरी, राम्जी नेपाल, खिलबहादुर गिरी, रेणुका खड्का, मानबहादुर माझी रहनुभएको छ । त्यसैगरी बद्रीप्रसाद नेपालको संयोजतकत्वमा लेखा समिति गठन गरिएको छ । जसको सदस्यहरुमा नारायणप्रसाद गौतम, हरिबहादुर नेपाल रहनुभएको छ ।
त्यस्तै ऋण उपसमितिमा बलराम बस्नेत संयोजक तथा सदस्यहरुमा हरि ढुङ्गेल, ऋषिराम नेपाल रहनुभएको छ ।
त्यसैगरी शिक्षा समितिको संयोजकमा लालबहादुर श्रेष्ठ, सदस्यहरुमा हरिविक्रम नेपाल, गुणकेशरी श्रेष्ठ, तारादेवी राना रहनुभएको छ । सहकारीले दिवा खाजा व्यवस्थापन गरिरहेकोले ठाकुर गिरी, बसन्त नेपाल, सन्ध्या बस्नेत रहेको खाजा व्यवस्थापन समिति समेत गठन गरेको छ ।

Lokpriyasamachar@. Powered by Blogger.