रामदेवीमा निवन्ध प्रतियोगिता

रामदेवी माध्यमिक विद्यालय, साँगाचोक–७ हर्रेमा ‘लैङ्गिक हिंसा अन्त्यमा विद्यार्थीको भूमिका’ विषयक निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।


 लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट)को सहयोग र श्री रामदेवी माध्यमिक विद्यालयको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
समाजमा भईरहेको लैङ्गिक हिंसा अन्त्य गर्ने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको थियो । प्रतियोगितामा कृष्ण रत्न गंगा मावि, चौताराकी छात्रा प्रिती श्रेष्ठ प्रथम, सेतीदेवी मावि, ठूलोसिरुवारीका छात्र समिर श्रेष्ठ द्धितीय र जनविकास मावि, साँगाचोककी छात्रा सुस्मिता गिरीले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई रेष्ट नेपालद्धारा पुरस्कार वितरण गरिएको थियो ।
उक्त प्रतियोगितामा कृष्ण रत्नगंगा मावि चौतारा, रामदेवी मावि साँगाचोक–७, डडुवा भवानीशंकर मावि डडुवा, जनविकास मावि, साँगाचोक–९, सेतीदेवी मावि, ठूलोसिरुवारी, ज्ञानमन्दिर मावि, मेलचौर, कुण्डलादेवी मावि, ठुलोसिरुवारी, जनजागृति मावि, साँगाचोकका १९ जना विद्यार्थीहरु सहभागि भएका थिए । जसमध्ये रामदेवी माविका ३ जना विद्यार्थीहरु रेष्टमा संलग्न रहेको विद्यालयको शिक्षक काजल बोगटीले बताउनुभएको छ ।
कार्यक्रममा बोल्नु हुँदै उक्त विद्यालयको प्रधानाध्यापक केशव श्रेष्ठले लैङ्गिक हिंसाको परिचय साथै अहिलेको अवस्था र लैङ्गिक हिंसा अन्त्यको लागि विद्यार्थीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
कार्यक्रमको अन्त्यमा रेष्टले महिला हिंसा विरुद्ध १६ दिने अभियानको अवधारणा पत्र वितरण गरेको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.