कांग्रेसको अन्तरक्रिया कार्यक्रम बतासेमा

नेपाली काङ्ग्रेस बतासे गाविस इकाई समितिको आयोजनामा बतासे गाविसका नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्यहरु बिच अन्तरक्रियासहित संगठन विस्तार गरिएको छ ।
बतासे गाविसमा नेपाली काङ्ग्रेसको अवस्था अन्त्यन्त कमजोर रहेको अवस्थामा यस्तो अन्तरक्रियाले कार्यकर्ताको मनोबल बढ्ने विश्वास आयोजकको रहेको छ । अन्तरक्रियामा प्रमुख अतिथीको रुपमा नेपाली काङ्ग्रेस महासमिति सदस्य कृष्ण प्रसाद न्यौपाने, विशेष अतिथीको रुपमा महासमिति सदस्य विलबहादुर तामाङको साथमा नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य तेज बानियाँ हुनुहुन्थ्यो ।
अन्तरक्रियामा नेपाल महिला संघ सिन्धु क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष तोक माया खत्री, नेपाल विद्यार्थी संघ श्री कृष्ण रत्नगंगा मावि इकाई सभापति गिरिराज कटुवाल समेतको उपस्थिति थियो ।
अन्तरक्रियामा सहभागी वक्ताहरुले बतासे गाविसमा काङ्ग्रेसको अवस्था कमजोर रहेको र यहि अवस्थामा स्थानिय निकाएको निर्वाचन भए बतासेमा काङ्ग्रेसले सकारात्मक नतिजा प्राप्त गर्न नसक्ने भन्दै गाउँ इकाई समितिले कडा मिहिनेत गरी बतासेमा काङ्ग्रेसका कार्यकर्ता उत्पादन गर्न सुझाव दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी कृष्ण प्रसाद न्यौपानेले क्रियाशिल सदस्य काङ्ग्रेसले दिएको एउटा गम्भिर जिम्मेवारी भएकोले जिम्मेवारी बोधका साथ बतासेमा काङ्ग्रेस जन्माउन कडा परिश्रम गर्नु परे पनि गर्न क्रियाशिल सदस्यलाई सुझाव दिनुभएको थियो ।
त्यसैगरी विशेष अतिथि विलबहादुर तामाङले समाज रुपान्तरणको जिम्मा अब कांग्रेसको काँधमा आएकाले काङ्ग्रेसले आफ्नो संगठन तीव्र रुपमा विस्तार गर्ने बताउनुभयो । त्यस्तै अर्का विशेष अतिथि तेज बानियाँले बतासे गाविस काङ्ग्रेसको कार्यकर्ता उर्वर भुमी बनाउनका लागि यो अन्तरक्रिया महत्वपूर्ण हुने बताउनुभयो ।
अन्तरक्रिया पछि गरिएको संगठन विस्तारमा नेपाली काङ्ग्रेसको बतासे गाविस उप सभापतिमा खड्ग बहादुर श्रेष्ठ सह सचिवमा लुङ्गा दोर्जे लामा सदस्यमा दिपक कटुवाल र प्रेम बोम्जनलाई सर्वसमत चयन गरिएको थियो ।
बतासे गाविसको काङ्ग्रेस प्रतिनिधिको रुपमा एक वर्षसम्म दिपक कटुवाललाई जिम्मेवारी दिने समेत उक्त संगठन विस्तारमा उल्लेख गरिएको छ । कार्यक्रम बतासे काङ्ग्रेस गाउँ ईकाई सभापति लालबहादुर थापाको सभापतित्वमा भएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.