नमूना बाल भवनको उद्घाटन

सन्तोषी बस्नेत/ठूलोसिरुवारी-
गाउँ बाल संरक्षण समिति ठूलोसिरुवारीको नवनिर्मित कार्यालयको भवन हिजो एक समारोहको बीच उद्घाटन भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रविन्द्र केसीले एक समारोहका बीच उद्घाटन गर्नुभएको हो ।





















गाउँ बाल संरक्षण समितिको भवन उद्घाटन गर्दै उपरीक्षक केसीले आ–आफ्नो बालबालिकाहरुको गतिविधिबारे अभिभावकले नजिकबाट हेर्नुपर्ने, विद्यालयमा अध्ययन गर्न गएका विद्यार्थीहरुको पनि प्रत्यक्ष, अप्रत्यक्ष निगरानी गर्नुपर्ने बताउनुभयो ।
उहाँले विद्यालयमा पढ्दै गरेका विद्यार्थीको उदाहरण दिँदै अभिभावक काममा व्यस्त रहने र विद्यार्थीले पनि अभिभावकको आँखा छलेर कुलतमा फस्ने गरेकाले यस्तो क्रियाकलाप हुन नदिन बालबालिकालाई मात्र विश्वास गर्न नहुने बताउनुभयो । उपत्यकाको भक्तपुर स्थित एक सवारी चालकको बच्चाले विद्यालयमा राम्रोसँग शिक्षा लिएको भनेर विश्वासमा रहेको कारण कुसल मानिएको विद्यार्थी कुलतमा फसेर प्रहरी हिरासतमा परेको बताउनुभयो । उहाँले गाउँका बालबालिकालाई सहयोग गर्नु बालबालिकाको शिक्षामा योगदान पु¥याउनु सबै अभिभावकले गुणस्तरीय शिक्षामा योगदान गर्नु रहेको बताउनुभयो । उहाँले गाउँ बाल संरक्षण समितिले आफ्नो नीजि भवन निर्माण गरेर बालबालिकाको हितका निमित्त सेवामा समर्पित रहेकोमा गाउँ बाल संरक्षण समितिलाई धन्यवाद दिँदै शिक्षा, शान्ति र स्वास्थ्य सुरक्षाको मुख्य पाटो भएको बताउनुभयो ।
स्रोतव्यक्ति डम्बरबहादुर श्रेष्ठले गाउँ विकास समितिभित्र रहेका बालबालिकाहरु शिक्षाबाट वञ्चित नहुन भन्नको निमित्त कुनै कारणले विद्यालय जानबाट वञ्चित भएकालाई विद्यालयमा समावेश गराउनको निमित्त जिल्ला शिक्षा कार्यालयले विद्यालय नगएका बालबालिकाहरुको तथ्याङ्क संकलन गर्न लागेकोले यसलाई सहयोग पु¥याउन आग्रह गर्नुभयो ।
रामप्रसाद गौतमले शिक्षा विकासका लागि सबैले एक भएर अगाडी बढ्नुपर्ने बताउनुभयो भने स्वास्थ्य प्रमुख शिव पुरीले ठूलोसिरुवारी गाउँ विकास समितिलाई पूर्ण खोप निश्चित गाविस घोषणा गर्न तयारी गरिएको हुँदा उक्त कार्यलाई सफलता पु¥याउन आग्रह गर्नुभयो ।
गाउँ बाल संरक्षण समितिका सदस्य नारायणप्रसाद गौतमले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सभापतित्व गाउँ बाल संरक्षण समितिका अध्यक्ष शिव केसीले गर्नुभएको थियो ।
गाउँ बाल संरक्षण समितिको भवन निर्माण गर्नुको निमित्त बाल सदनका अध्यक्ष लक्ष्मीदेवी तामाङले १ लाख २७ हजार, मानव सेवा संस्थाका अध्यक्ष तथा नेत्रज्योती कृषि सहकारी संस्थाका उपाध्यक्ष शान्ता थापा क्षेत्रीले ५० हजार, समाजसेवी राजकुमार तामाङले २५ हजार, राजेश राईले २५ हजार, जितु थापाले २५ हजार, दुर्गा केसीले २५ हजार, आरती केसी कार्कीले ५ हजार र १५ बोरा सिमेन्ट, शुक्र प्याकुरेलले १० हजार, उज्जवल अधिकारीले फर्निचर सहयोग गरेको र स्वास्थ्य चौकी ठूलोसिरुवारीले निर्माण सामग्री उपलब्ध गराएको कार्यक्रमको सञ्चालक तथा गाउँ बाल संरक्षण समितिका सचिव लालबहादुर श्रेष्ठले कार्यक्रममा जानकारी दिनुभयो ।
उद्घाटन समारोहको अवसरमा ठूलोसिरुवारी गाउँ विकास समिति, बाल सदनका केन्द्रीय अध्यक्ष लक्ष्मीदेवी तामाङ, मानव सेवा संस्थाका अध्यक्ष तथा नेत्रज्योती कृषि सहकारी संस्थाका उपाध्यक्ष शान्ता थापा क्षेत्री, टुकी संघका कार्यक्रम संयोजक यज्ञबहादुर कार्की लगायतलाई विषेश सम्मान गरिएको थियो ।
सम्मानित हुने अन्य व्यक्तिहरुलाई ठूलोसिरुवारी गाविस वडा नं. ८ का समाजसेवी राजकुमार तामाङ, समाजसेवीहरु राजेश राई, जितु थापा, दुर्गा केसी, आरती केसी कार्की, शुक्र प्याकुरेल, उज्जवल अधिकारी रहनुभएको छ ।
सम्मान पाउने संस्थाहरुमा गाउँ बाल संरक्षण समितिलाई विभिन्न प्रकारबाट सहयोग पु¥याएको र भवन निर्माणको लागि समेत महत्वपूर्ण योगदान पु¥याएको हँुदा ठूलोसिरुवारी गाउँ विकास समितिलाई सम्मान गरिएको थियो भने ठूलोसिरुवारी गाउँ विकास समिति भरीका विद्यालयका विद्यार्थीहरुलाई स्थानीय स्तरमै उत्पादित खाद्यान्नको प्रयोग गरी बालबालिकाहरुलाई खाजा निर्माण गरी खुवाउने कार्यक्रम गरेर पोषणयुक्त खाजा खुवाएको भन्दै नेत्रज्योती कृषि सहकारी संस्थालाई समेत सम्मान गरिएको थियो ।
हिजै ठूलोसिरुवारीमा आगामी परिषद्मा हुने बालबालिका सम्बन्धीको बजेट विनियोजनको लागि पूर्व तयारी गर्न र गाविसलाई बालमैत्री गाविस घोषणा गर्न समेत बाल भेलाको आयोजना गरिएको थियो । उक्त भेलाको मैनवत्ति बालेर प्रहरी उपरिक्षक रविन्द्र केसीले उद्घाटन गर्नुभएको थियो भने विषेश अतिथिको रुपमा प्रहरी निरिक्षक योगराज खतिवडा लगायतका विभिन्न राजनीतिक दलका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.