आयोजना व्यवस्थापन तालिम सुरु

थानेश्वर पोख्रेल/नवलपुर-
नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोक जिल्ला शाखाद्धारा संचालित भूकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत नवलपुर गाविसमा खानेपानी उपभोक्ता समितिलाई खानेपानी आयोजनाको निर्माण पूर्व दिने व्यवस्थापन तालिम सुरु भएकोे छ । सल्लाघारी जलेश्वर खानेपानी आयोजना र किलखर्क खानेपानी आयोजना उपभोक्ता समितिका २२ जना सदस्यहरुलाई तालिम प्रदान गरिएको हो ।

तालिममा खानेपानी आयोजना निर्माण कार्य सुरु हुनु भन्दा पहिले हुनुपर्ने पूर्व तयारी, आयोजनाको लागत, समाग्री व्यवस्थापन, संरचनाको संरक्षण एवम् उपभोक्ता समिति र रेडक्रसको भूमिकाको विषयमा चर्चा गरिएको थियो ।
खानेपानी आयोजना निर्माण पुर्व, आयोजना निर्माण भईरहेको बखत एवम् निर्माण भई सके पश्चात विभिन्न ३ चरणमा चरणवद्ध रुपमा उपभोक्ता समितिलाई तालिम प्रदान गरीने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.