मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार संगठन जिल्ला शाखा सिन्धुपाल्चोकको आयोजना र संगठनको केन्द्रिय कार्यलयको परियोजनामा हिजो एक दिने मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न भयो ।
मानव अधिकार बिनाको जीवन पशु समान हुने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताउनुभएको छ । मानव अधिकारको जीवन पशु समान हुने भएकोले मानव अधिकारको संरक्षण र यस्को व्यवस्थापनमा सबै नागरिकहरु एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले मानव अधिकार सम्बन्धि जानकारी पाउनु मानव जातिको अधिकार हो भने यसलाई सबैसँग पु¥याउनु सबैको दायित्व भएको कुरा समेत बताउनुभएको छ ।
उहाँले उक्त कुरा नेपाल मानव अधिकार संगठनले सिन्धुपाल्चोकको होटल जुगलमा आयोजना भएको ३ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै बताउनुभएको हो । कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले मानव अधिकारको र शिक्षाको विषयमा प्रकाश पानर्’भएको थियो । मानव अधिकार संगठनको केन्द्रिय उपाध्यक्ष गोविन्द ढकालले कार्यक्रममा प्रशिक्षण दिनुभएको थियो । उक्त प्रशिक्षणमा कार्यक्रमका वरिष्ठ मानव अधिकारवादी दिनेश त्रिपाठी लगायत मानव अधिकार सम्बन्धि सहभागिहरुलाई प्रशिक्षण दिएको थियो भने जिल्ला मानव अधिकार संगठनको अध्यक्ष यज्ञ प्रसाद दंगालको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो  । नेपाल मानव अधिकार संगठनका जिल्ला शाखा सिन्ध’पाल्चोकबाट आयोेजना गरिएको उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यलयका शसस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका सुरक्षा निकायका व्यक्तिहरु चौतारा साँगाचोकगढी नगरपालिकाका सबै वडाका वडा अध्यक्ष लगायत नवनिर्वाचित जनप्रतिनिधिहरु, जिल्लामा कार्यरत संघसस्थाहरु, राजनीति दलका प्रतिनिधिहरु, शिक्षक तथा प्राध्यापकहरु र विद्यार्थीहरु  उपस्थित रहेका थिए ।
विगत ३ वर्षदेखि कार्यक्रम सञ्चालन गर्दै आएको मानव अधिकार संगठनका जिल्ला अध्यक्ष यज्ञ दंगालले बताउनु भएको छ ।

,