सुनकोशीको परिषद्मा थापाद्धारा प्रस्तुत ९ बुँदे योजना

सुनकोशी गाउँपालिका वडा नं. ६ का अध्यक्ष रामकुमार थापाले स्थानीय तहको निर्देशिका अनुसार आफ्नो वडाका आव २०७४÷०७५ को लागि पेश गरिएका योजनाका साथै वडा विकासको लागि ९ बुँदे घोषणा पत्र जारी गर्दै
आयोजित परिषद्का सभापतिज्यू एवम्  नेपाली कांग्रेसका केन्द्रिय सदस्य माननीय मोहन बहादुर बस्नेत ज्यू, विशेष अतिथि, विभिन्न वडाका अध्यक्षज्यूहरु, सदस्यहरु लगायत विभिन्न संघ संस्थाबाट पाल्नुभएका अतिथिज्यूहरु, समाजसेवी, बुद्धिजीवि, विभिन्न पाटीका प्रतिनिधिहरु, पत्रकार साथीहरु एवम् यस कार्यक्रमलाई सभ्य एवम् भव्य बनाउन उपस्थित हुनु भएका सम्पूर्ण दाजु भा

ई दिदीबहिनी, बुबा आमाहरुमा यस सुनकोशी गाउँ पालिका ६ नंबरको वडा अध्यक्षको तर्फबाट एवम् मेरो व्यक्ति गत तर्फबाट  हार्दिक स्वागत तथा नमस्कार ज्ञापन गर्दछु ।
आज लामो समयपछिको जनप्रतिनिधि विहिन अवस्थालाई चिर्दैै निर्वाचन मार्फत चुनिएर आएर तपाईहरुलाई यस ठाउँमा स्वागत गर्न पाउँदा हर्षित छु । तपाईहरुको विकासको चाहानालाई पुरा गर्न धेरै हदसम्म प्रयत्नशिल नै छौँ । तपाईहरुको अमूल्य मतलाई हामीले निकासा मार्फत पुरा गर्ने छौँ भन्ने दृढ संकल्प बोकेको छु । विकासको प्रमुख आधारको रुपमा रहको शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्तलाई सम्बोधन गरी विभिन्न परिकल्पना गरेको छु । अब म आगामी योजनाहरु व्यक्त गर्न चाहान्छु ।
१. शिक्षालाई व्यवसायिक एवम् गुणस्तरिय बनाउन आवश्यक साधन, स्रोतको व्यवस्था गरी अनुगमन प्रणालीलाई सुदृढीकरण गरीने छ र प्रत्येक विद्यालयमा कार्यरत कर्मचारीलाई नेपाल सरकारले उपलब्ध गराउने सुविधा बमोजिम तलब वृद्धिको लागि प्रयास गरिने छ । २१ आँै शताब्दीमा पनि २ हजार तलब लिएर काम गर्नुपर्ने अवस्था आउनु निश्चित विडम्बना हो । यसलाई सम्बोधन गर्न करिब ३१२००० रुपैयाँ आवश्यक पर्ने देखेको छु । यो रकम सम्बन्धित निकायसँग माग गर्दछु । त्यसैगरी विद्यार्थीलाई लगनशिल, मिहेनती, प्रतिस्पर्धि बनाउन, एसईईमा स्वीकृत अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरुप वडाबाट सम्मान पत्र र रु. ५ हजार पुरस्कार स्वरुप उपलब्ध गराउने घोषणा गर्दछु ।
२. स्वास्थ्य क्षेत्रको विकास बिना हाम्रो विकासको चाहाना अपुरो रहन्छ । त्यसैले हामीको मा भएको स्वास्थ्य चौकिको स्तरोन्नतीको योजना राखेको छु । त्यसको लागि माननीय मोहन दाईलाई पहल गरिदिन आग्रह गर्दछु । सुत्केरी हुन नसकी अकालमा कसैको पनि मृत्यु नहोस् भन्ने हेतुले वर्थिङलाई प्राथामिकतामा राखी स्वास्थ्य चौकीमा प्रसुती गराएबापत रु ५ सयको दरले रकम दिने घोषणा गर्दछु । त्यसैगरी ७० वर्ष कटेको जेष्ठ नागरिकले उपचार गर्दा लागेको रकम सहुलियत दिने हेतुले १००० रुपैयाँ सम्म औषधि उपलब्ध गराईदिने छ ।
३. पहाडी असजिलो भूबनोटको विकासको चुनौतिको रुपमा लिएको छु । चुनौतिलाई अवसरमा बदल्ने वडाका सम्पूर्ण भूभागमा बाटो पु¥याउन उच्च प्राथमिकतामा राखेकोमा हजुरको पनि स्वामित्व स्थापित होस् भन्ने हिसाबले योजनामा सहभागीतामूलक पद्धति संलग्न गर्ने नीति लिएको छु । हाम्रो वडालाई नमूला वडाको रुपमा विकास गर्ने स्टमेटको लागि अगाडी बढाएको छु र थप पहल गर्न भन्न माननीय ज्यूलाई आग्रह गर्न चाहान्छु ।
४. कृषिमा लागेको धेरै समय भए तर पनि त्यो व्यवसायिक हुन सकेको छैन् । जीवनको लागि जीविकोपार्जन मात्र नभई आयआर्जन भन्ने मार्ग विस्थापित गर्नुपर्छ भन्ने हेतुले कृषि क्षेत्रको विकासको लागि कृषि सडक गुरुयोजना तयार गरी काम गर्ने योजना राखेको छु । योजनाको लागि करिब ३५ लाखको कृषि अनुदान सहयोग आवश्यक हुने देखिन्छ साथै थुम्पाखरमा कृषि सहकारी संस्था गठन गरी सहुलियत दरमा बिऊ, मल उपलब्ध गराईने छ । कृषि उत्पादन वृद्धि गर्न प्राविधिक सहायता उपलब्ध गराई व्यवसायिक उत्पादनको लागि कृषकलाई तालिम प्रदान गरिने छ । पहाडबासी जनताको आवश्यकता वृद्धि गर्ने समूहलाई आत्मानिर्भरता कोषलाई निस्वार्थी रु २ लाख ५० हजार उपलब्ध गराईने छ । सेराबासी सिँचाई, पाखरेदोबान, कुहिने, धुसिने सिँचाईको गुरुयोजनालाई सबै ठाउँमा सिँचाई उपलब्ध गराईने छ ।
५. आवश्यक रकमको अभावमा घर बनाउन नसकेको भूकम्प पीडितलाई घर बनाउन, रड, बालुवा, सिमेन्ट, गिट्टि सहुलियत दरमा वितरण गरिने छ ।
६. सडक बस्ती बिस्तार गर्न प्राधिकरण कार्यालय सँग अनुमति लिई सडक र टोल टोलमा विजुलि पोलमा बत्ति जडान गर्ने योजना राखेको छ । यस्को लागि करिब २ लाख रुपैयाँ आवश्यक माग गर्दछु । र हामीले केहि समय अगाडी माननीय ज्यूको संयोजनमा १९ वटा स्टील पोल वितरण ग¥र्याँै । यो पर्याप्त हुन सकेन् । अझै पनि करिब ८० थान पोल आवश्यक परेको छ । यस्को लागि माननीय ज्युलाई आग्रह गर्दछु ।
७. खेलकुदबाट विगतदेखि नै हामीले पहिचान स्थापित गर्दै आएका छौँ तर पनि आवश्यक सामाग्रिहरु नै उपलब्ध हामीले गर्न सकेका छैनौँ । त्यसलाई मध्येनजर गर्दै विभिन्न युवा क्लबलाई समावेश गरी खेलमैदान निर्माण गर्ने योजना बनाएका छाँै । साथै विभिन्न ठाउँमा पुरातात्विक धारा, मठमन्दिर, वातावरणको संरक्षण गरी आन्तरिक पर्यटकलाई आकर्षित गरीने योजना राखेको छु । ९ किलोमिटर र गोल्मेमा रिसोर्ट, स्वीमिङ पुल व्यवस्थाको प्रक्रिया अगाडी बढाउने छु । भिरकुना लगायत विभिन्न ठाउँहरुमा खानी सुरुवात धेरै राजस्व वृद्धि गर्ने लक्ष्य राखेको छु ।
८. लक्षीत वर्गलाई आवश्यक रकम बजेट विनियोजन गरी साबिक गाविसको पुरानो भवन मर्मत गरी प्रत्येक सभापति लाई कोठा उपलब्ध गराईने छ ।
९. वैदेशिक रोजगारको शिलशिलामा विदेश गएर फर्कनु भएका यस वडामा नै व्यापार व्यवसाय गर्न चाहाने आदरणिय दाजुभाई दिदीबहिनीलाई प्रोत्साहन स्वरुप व्यापार व्यवसायमा इजाजत दस्तुर मिनाह गरिनेछ । साथै उचित तालिमको लागि पहल गरिने छ ।
 तपाईहरुको साथ सहयोगको सँधै अपेक्षा राखेको छु । धन्यवाद ।


,