प्रधानसेनापति सिन्धुपाल्चोकमा

प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षेत्रीले सिन्धुपाल्चोक जिल्लामा अवस्थित   गोरखबहादुर गणको वार्षिकोत्सव एक समारोहको बिच उद्घाटन गर्नुभएको छ ।
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका अबस्थित श्री गोरख बहादुर गणको ६७ औ बार्षिकोत्सव तथा साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थिति हुनुभएका क्षेत्रीले गोरखबहादुर गणमा कार्यरत सैनिकहरुले पु¥याएको विकास निर्माणको सहयोग प्रति धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
सिन्धुपाल्चोकमा भूकम्पको समय र जुरे पहिरोको कारण पीडितमा रहेको नागरिकको उद्धारको लागि सेनाले ठूलो मद्धत पु¥याएको उपस्थित सहभागिहरुले बताएका थिए । शुक्रबार लक्ष्मणडाडाँ व्यारेक चौतारामा आफ्नो वार्षिकोत्सवको अवसरमा नेपालको संस्कृति झल्कने ऐतिहासिक, साँस्कृतिक, कार्यक्रम ‘गोरख साँझ २०७४’ को समेत आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाली सेनाका अति विशिष्ट पदाधिकारीहरु बलाध्यक्ष रथी श्री पुर्णचन्द्र थापा, संभाररथी श्री पुर्ण बहादुर सिल्वाल लगायत अ.प्रा. रथीबृन्द, प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर शिलवाल लगायत जिल्लाका सरकारी कार्यलयका प्रमुखहरु, पूर्व सांसदहरु, पुर्व गणपतिहरु, चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख, वडा अध्यक्ष, उद्योगपति, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
गोरखबहादुर गणका गणपति प्रमुख सेनानी उमेश कार्कीले प्रमुख अतिथि तथा विशेष अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । उक्त कार्यक्तम भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।

,