द्धन्द्ध पीडितलाई थप राहतको व्यवस्था

नेपाल सरकारले द्धन्द्धकालमा भएकोे विस्थापित तथा वेपत्ता परिवारलाई राहत स्वरुप थप रकम वितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मात्र ६ सय ६८ जनालाई राहात उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यलयका लेखा अभिकृत जयराम यादवका अनुसार यस अघि स्थानीय शान्ति समितिको सिफारिसमा ३ सय ६ जनाले १४ हजार ७ सयको दरले रकम लिई सकेको र थप १० हजार ३ सयको दरले पीडितलाई राहात रकम वितरण गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यलयमा दैनिक निवेदन लिएर आउनेहरुको भिड जस्तै देखिन्छ । मृतक तथा बेपत्ता परिवारलाई प्रति परिवार ५ लाखको दरले यस अघि नै रकम वितरण गरिसकेको र थप ५ लाखको दरले निकासा आएकोले रकम वितरण गर्ने कार्य जारी रहेको छ । त्यस अघि २ सय ७४ जनाले ५ लाखको दरले रकम लिई सकेको र पुनः २ सय ७४ जनालाई ५ लाखको दरले थप निकासा आएको हो ।
त्यस्तै मृत सेना तथा प्रहरी ४३ जनालाई १ लाख ५० हजारको दरले पीडित राहात रकम वितरण समेत गरिएको लेखा अधिकृत जयराम यादवले बताउनुभएको छ ।