हिन्दु राष्ट्रको लागि आन्दोलन

नेपालको संविधानमा धर्म निरपेक्षता लेखिएपछि धर्म र राजसंस्थाको एजेण्डा बोकेर अगाडी आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विगतको निर्वाचनमा राज्यको चौँथो दल हुन सफल भएको थियो ।
  यहि एजेण्डासँग सहमत हुँदै राष्ट्रिय प्रजातन्त्र पाटी  र राप्रपा नेपाल बिच एकिकरण समेत भएको थियो । ऐकिकरण पश्चात भएको ीथानप्य तहको निर्वाचनमा संवैधानिक राजतन्त्र र हिन्दु धर्मको विषयलाई छोडेकै कारण निर्वाचनमा हार बेहोर्नु परेको आरोप लागिरहेको बेला एकीकृत राप्रपा राष्ट्रबादीले हिजो संवैधानिक राजसंस्था पुर्नस्थापना तथा हिन्दु राज्य पुर्नकायमको लागि शक्ति प्रदर्शन गर्न थालेको छ । सोहि प्रदर्शन अनुसार काठमाडौको बबरमहलबाट ¥यालि निकाल्दै माइतीघर मण्डलामा पुगेर हिजो सभा गरेको छ ।
राष्ट्रबादीले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको माग गर्दै प्रदर्शन गरेको हो । सभालाई  एकीकृत राप्रपा राष्ट्रबादीका नेता डा. प्रकासचन्द्र लोहनी, केशरबहादुर विष्ट, तारानाथ लुइटेल लगायतले हिन्दु धर्म पुनस्थापनाको लागि राष्ट्रिय स्तरमा आन्दोलनको आँधीबेरी ल्याउने र राज संस्था तथा हिन्दु धर्म पुनस्थापना गरेर अन्तररारष्ट्रिय स्तरमा नेपालको पहिचान कायमै राख्ने घोषणा समेत गर्नुभएको थियो ।