सञ्चार मन्त्रीद्वारा पुलको निरीक्षण

सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले पहिरोले क्षेतिग्रस्त सिन्धुपाल्चोकको भोटेकोशी नदीको लार्चा पुलको हिजो निरीक्षण गर्दै त्याहाँ उपस्थित सम्बन्धित निकायका प्रमुखहरुलाइ तदारुकताका साथ काम गर्न निर्देशन दिनु भएको छ ।

तातोपानी नाका जोड्ने अरनिको राजमार्ग अन्तर्गत फुल्पिङकट्टीको लार्चा पुल बाढीले बगाएपछि आवत जावत गर्न अस्थायी रुपमा फलामे सत्तरी राखेर बनाइदै गरेको फटके (साधु) को काम प्रति सन्तोष व्यक्त गर्दैै जति सक्दो छिटो काम गरि स्थानीयलाइ सुबिधा उपलब्ध गराउँन निर्देशन दिनु भएको हो ।
सो ठाउँमा सडक विभागले बेलिब्रिज बनाउने भएको र केहि दिन भित्रै सामान झारिने भएको छ । बेलिब्रिज तयार हुन करिब दुइ महिना समय लाग्ने हुदा अस्थायी फटकेको अतिरिक्त तुइन समेत राख्ने व्यबस्था मिलाइएको काःमःु प्रमुख जिल्ला अधिकारी अन्तर बहादुर सिलवालले जानकारी दिनु भयो ।
पुल बगाए पछि  पुलको तल्लो भागबाट लगिएको विद्युत तार समेत बगाएको हुँदा पाँच दिन देखि तातोपानी क्षेत्र पुरै अन्धकार हुनुका साथै सन्चार सेवा समेत अबरुध्द भएको सिमा प्रहरीका प्रहरी निरीक्षक गुरु प्रसाद तिमिल्सीनाले बताउनु भयो । बाढी र पहिरोले सडक तथा पुल बगाए पछि सडक बिभाग र जलउत्पन्न प्रकोप विभाग लगाएतले सँगै काम गदै आएको छ ।
अविरल वर्षा संगै झरेको पहिरोले बाह्रबिसे–तातोपानी सडक खण्डको २६ किमी क्षेत्रको विभिन्न ठाउँमा क्षेति पुगेकोले यात्रुहरुलाइ पैदल यात्रा गर्न समेत कठिनाइ भएको स्थानीयबासीले बताएका छन् ।

,