ऐन कार्यान्वयनको लागि छलफल गरिने

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकारको पेशागत असुरक्षाका सम्बन्धमा निजी क्षेत्रका सञ्चारगृहसँग आफूले छलफल गर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघले हिजो आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीको भौतिक र पेशागत सुरक्षाका लागि सरकार प्रतिबद्ध भएकाले कानूनमा तोकिएबमोजिम पत्रकारको सुविधा उपलब्ध हुनुपर्ने उल्लेख गर्नुभयो ।


पत्रकारको न्यूनतम पारिश्रमिक (मासिक रु १९ हजार पाँच सय) सबै सञ्चारगृहमा लागू नभएको भनी सञ्चार संस्थाले आवाज उठाउँदै आएका छन् । मन्त्री बस्नेतले लोकतान्त्रिक मुलुक र आधुनिक विश्वमा पत्रकारले पाउनुपर्ने सुविधा नपाउने विषय दुःखद् भएकाले यसमा सञ्चारसम्बन्धी संस्थासँगको सहकार्यका लागि आफूले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले क्लिन फिड विज्ञापन नीति लागू गर्ने सम्बन्धमा आफूले अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
महासंघका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारको पेशागत र भौतिक सुरक्षालाई पहिलो प्राथमिकता दिएर आफूहरुले काम गरे पनि धेरै पत्रकार अहिलेसम्म तोकिएको पारिश्रमिक नपाउने तथा नियुक्तिपत्र नपाई काम गर्नुपर्ने बिडम्वनापूर्ण अवस्था रहेको बताउनुभयो । उहाँले आमसञ्चारसम्बन्धी नीतिको कार्यान्वयन र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाका लागि सरकारले ध्यान नदिएको गुनासो पनि गर्नुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानी बरालले नयाँ मन्त्रीलाई परिणाममूलक कामका लागि शुभकामना दिनुभयो ।
यसैबीच संचार केन्द्र नेपाल द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न तराई बिकास तथा संचार केन्द्र नेपाल द्वारा आयोजित ‘आगामी निर्वाचनमा संचारकर्मी हरुको भुमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम राजधानीको बिजुलीबजार स्थित संचार केन्द्रको सभाहलमा सम्पन्न भएको छ ।
सुचना केन्द्र नेपालका अध्यक्ष गोबिन्द चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेत हुनुहुन्थ्यो भने अतिथिहरुमा एमाले केन्द्रीय पर्यटन बिभाग प्रमुख सुर्य थापा, पत्रकार महासङका अध्यक्ष डा. महेन्द्र बिष्ट, पुर्व प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोबिन्द आचार्य लगाएत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष गोबिन्द चौलागाईंले पुष्पगुच्छा, खादा र मालाले नव–नियुक्त नेपाल सरकारका सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतलाई सफल कार्यकालको लागी हार्दिक बधाई दिदै कार्यक्रममा स्वागत गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै  बस्नेतले आफुले अहिले भर्खरै कार्यभार समालेको हुनाले सबैसँग आवश्यक छलफल गरिरहेको र कुशल कार्यको लागी प्रतिबद्ध भएको बताउनु भयो। मन्त्री बस्नेतले पत्रकारहरुको हक, हित र सञ्चारगृहको ब्यवस्थापनमा सरकारको तर्फबाट गर्नुपर्ने सम्पूर्ण भूमिका पुरा गर्ने बताउनुभयो ।
आफ्नो कार्यकालमा सबैले सम्झिने खालको कार्य गर्न आफुु सधैं तत्पर रहेने र यस्कालागी चौतर्फी सल्लाह र सहयोगको खाचो रहेको पनि बताउँनु भयो।उहाँले आफु सामु अहिले अवसर र चुनौती दुबै रहेकोले आफ्नो कार्यकालभरी उत्कृष्ट कार्यको लागी आफु सधै लागीपर्ने बताउँनुभयो । यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष गोबिन्द चौलागाईंले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नु हुँदै नजिकै आइरहेको पत्रकार महासंघको चुनाब, प्रदेश नम्बर २ को स्थानीय चुनाव लगायत अरु अन्यचुनावहरु समयमा सम्पन्न भैसक्नु पर्ने कुरालाई जोड दिनु भयो । उहाँले संचार केन्द्र नेपालले अबका आउने दिनहरूमा यस्ता थुप्रै कार्यक्रमहरु गर्दैजाने पनि बताउनु भयो ।
त्यस्तै एमाले केन्द्रीय पर्यटन बिभाग प्रमुख सुर्य थापाले भरतपुरको चुनाव सम्बन्धि सर्बोच्चले गरेको निर्णयप्रती खेद प्रकट गर्दै फेरिपनी एमालेले उक्त र्निर्णयलाई स्वीकार गरेको र सबैभन्दा ठुलो अदालत, जनअदालत हुने भएकोले अबको फैसला त्यहीँ बाट हुने बताउँनुभयो। यसैगरी पत्रकार महासङका अध्यक्ष डा. महेन्द्र बिष्टले पत्रकार महासंघको निर्वाचन नजिकिदै गएको सन्दर्भमा सञ्चारमाध्यमहरुले नेतृत्वकासाथै नीतिको विषयमा पनि वहस गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले पत्रकार महासंघमा साझा चरित्रको, क्षमतावान नेतृत्व आउनुपर्ने बताउँनुभयो । नजिकै आइरहेको पत्रकार महासंघको चुनाबप्रती सबैको ध्यान आकृष्ट हुनुपर्ने भन्दै कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो ।
यस्तै पुर्व प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोबिन्द आचार्य र लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय संजालका अध्यक्ष दामोदर प्रसाद दवाडीले पनि कार्यक्रममा आफ्नो सान्दर्भिक मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन संस्थाका केन्द्रीय सदस्य दुर्गा प्रसाद चौलागाईंले गर्नुभएको थियो ।

,