भूमि अधिकार मञ्चको जिल्ला अधिबेसन

सुरक्षित घर बास सबैलाई खेति योग्य जमिन किसानलाई भन्ने मुल नाराका साथ जिल्ला भूमि अधिकार मञ्चको पाँचौ जिल्ला अबिधेशन भएको छ । राष्ट्रिय भूमि अधिकार मञ्चको अध्यक्ष ल्याम बहादुर दर्जीको प्रमुख आतिथ्यमा हेलम्बुको सामुदायिक भूमि घरमा अधिवेशन भएको थियो । परिवर्तित सन्दर्भमा भूमि अधिकार मञ्चको साङ्गठनीक स्वरुप, विद्यान, सङगठन र सदस्यता, मोहीको निवेदन पेश र पुनर्निर्माणको बारेमा प्रशिक्षण गरी अबिधेशन गरिएको थियो ।

अबिधेशनमा क्षेत्र नं १ को गाती धुस्कुन, राम्चे, सिम्पालकाभ्रे, नवलपुर, बाडेगाउँ, इचोक महाँकाल, पाल्चोक, दुवाचौर, किउल र हेलम्बुका ५७ सङ्गठनका ११४ जना प्रतिनिधिहरुको सहभागिता थियो ।
अधिवेसनबाट पातली थामीको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति गठन भएको छ ।  निर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय मञ्चका पूर्व अध्यक्ष सोम प्रसाद भण्डारीले बधाई तथा शुभकामना दिनु भएको थियो । नवनिवार्चित पदाधिकारीहरुलाई राष्ट्रिय अध्यक्ष ल्याम बहादुर दर्जीले सपथ ग्रहण गराउनु भएको थियो । निवार्चित पदाधिकारीहरुको पहिलो बैठकले मोहि बाँडफाँट, गुठी जग्गा, विस्थापितलाई पुनःबास र सुकुम्बासीको सवालमा विशेष अभियान योजना बनाई जिम्मेवारी तोकेको छ ।

,