सडक अवरुद्ध हुँदा समस्यामा स्थानीय

पटक पटक दैवी प्रकोपबाट पीडित भइरहने सिन्धुबासीहरु फेरी बाह्रबिसे सडक भासिन जाँदा समस्यामा परेका छन् । जिल्लाको अति व्यस्त सडक बाह्रबिसे काठमाडाँै जाने अरनिको राजमार्ग अन्तर्गतको सडकखण्डको महभिर भन्ने स्थानमा सडक भास्सिएपछि अवरुद्ध भएको सवारी अवागमन हिजोदेखि साना सवारी साधनहरु सञ्चालनमा आएका छन् । २०७१ को जुरे पहिरो त्यस्तै महाभूकम्प र भोटेकोशीको कारण बारम्बार मर्कामा परिरहेका सिन्धुबासीहरुलाई यस वर्ष पनि दैवी प्रकोपले पीछा छोडेन् ।

बुधबार बिहानदेखि ठप्प भएको सडक स्काभेटर लगाउँदा पनि भास्सिएको सडक भन्दा माथिबाट पहिरो खस्न थालेपछि ठूला सवारीका साधनहरुलाई आवतजावतमा सहजता भएको छैन भनेसाना सवारी साधनहरु पहिरो भास्सिएको ठाउँबाट सिमित आवातजावत गर्न व्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक श्याम अधिकारीले बताउनु भएको छ ।
बाह्रबिसेबाट काठमाडाँै आवतजावत गर्ने ठूला सवारीका साधन तथा यात्रुवाहक बसहरु सडकको कारण आवतजावत गर्न नसकेपछि तत्काल उद्धारको लागि सुरक्षा निकाय र स्थानीयहरुले  सडक खुलाउन प्रयास गरेका थिए । माथिबाट पहिरो निरन्तर आईरहने हुँदा तत्काल यातायात सेवा सञ्चालन गर्ने अवस्था नभएको र मौसम सफा रहेको खण्डमा दुई दिन भित्रै सवारी साधन आवत जावत गराउने व्यवस्था मिलाउन लागेको समेत अधिकारीले बताउनु भयो ।
भोटेकोसी बाढीका कारण यस अघि नै उक्त सडक कटानमा पारेपछि उक्त सडक ममर्त गरेर संचालनमा ल्याइएको थियो । अहिले सोहि ठाउँमा सडक भास्सिदा आवतजावतमा समस्या आइपरेको छ । वर्षातको कारण जिल्लाका थुप्रै ग्रमीण क्षेत्रमा सञ्चालित यातायातका साधनहरु बन्द भएका छन् भने पहिरोले बनदेऊ देखि लार्चासम्म नै जोखिम बढेको छ ।
विशेष गरी अविरल वर्षा सँगै सिमावर्ति क्षेत्रमा दिनहुँ जस्तो पहिरो झर्ने गरेको छ । झनै लार्चा पुल भाँचिएपछि आवतजावतमा ठूलै समस्या परेको छ भने जताततै पहिरोको जोखिमको कारण मानिसहरुलाई ठूलो त्रासमा बस्नुपर्ने भएको छ । लार्चास्थित मोटरबेल पुल भत्किएपछि जोखिम मोलेर बस्नुपर्ने स्थिति आउँदा स्थानीयहरु ठूलै त्रासमा परका छन् भने तातोपानी बजार सुनसान जस्तै देखिन्छ ।
नदी किनाराबाट बाढीले जमिन काट्ने र माथिबाट पहिरो खस्ने कारणले गर्दा समस्यामा परेका त्यहाँका विपन्न परिवारहरु रातमा जागराम बसी जोखिम मोलेर बसिरहेका छन् । मौसमले साथ नदिँदा स्थानीय उद्धारकोलागि समस्या परिरहेको छ ।

,