विद्यालय दिवा खाजामा घोटला

विद्यालय दिवा खाजा कार्यक्रममा फेरी घोटला हुन शुरु भएको छ । नेपाली जनतालाई जे गरे पनि हुन्छ जस्तो दिए पनि हुन्छ भनेर उच्च कर्मचारीलाई प्रभावमा पारी तल्लो तहको नागरिकलाई कुहिएको चामल तथा खाद्यान्न वितरण गर्ने विश्व खाद्य कार्यक्रममा फेरी घोटला हुन थालेको छ । नेपाल सरकारले प्रति विद्यार्थी रु १५ को दरले विद्यालयको खातामा खाजाको लागि रकम दिने गरेको छ ।
उक्त रकमबाट दिवा खाजा नखुवाएर नक्कली बिल, भर्पाई बनाई खाजाको रकमबाट आएको रकम अन्य प्रयोजनको लागि आफू खुसी खर्च गरिरहेका केही विद्यालयहरुका कारण खाजामा अनियमितता भएको थियो ।
उक्त अनियमिततालाई रोक्नको लागि स्थानीय नेत्रज्योती कृषि सहकारी संस्थाले प्रत्येक विद्यालयमा खाजा नियमित खुवाउनुपर्ने अभियान सञ्चालन गरेपछि दिवा खाजाको रकमबाट शिक्षकलाई तलब खुवाएको बताउँदै आएको कुण्डला माध्यमिक विद्यालय लगायतका विद्यालयहरुलाई खाजा खुवाउने वातावरण निर्माण गर्न स्थानीय सहकारीलाई धेरै झन्झट वेहोर्नु परेको थियो । २०७३ आश्विन देखि नियमित खाजाको व्यवस्था गर्दै आएको सहकारी संस्थलाई जिल्ला शिक्षा कार्यलय र विश्व खाद्य कार्यक्रमले सहयोग गर्ने बताएको थियो ।
शुरुका ५ महिना विश्व खाद्य कार्यक्रमले सहयोग गरिरहेको थियो । पछि सिन्धुपाल्चोक हेर्ने भनेर विश्व खाद्यले जिल्लामा कर्मचारी  व्यवस्था गरेको र दिवा खाजा व्यवस्थापन गर्दै जाँदा सबै विद्याथीले १५ रुपैयाँको खाजा नखाएका गाउँमा पाईने कोदो, मकै, धान  सस्तोमा पाईने हुँदा कम खर्चमा खाजा व्यवस्थापन हुने हुँदा बचत रकम विश्व खाद्यलाई नदिई विद्यालयलाई दिएपछि शुरु भएको विवादको कारण नेत्रज्योतीले खाजा कार्यक्रम छोडेपछि पुनः अनियमितता हुन लागेको हो ।
नेत्रज्योती  कृषि सहकारी संस्थाकमा अध्यक्ष एवम् गाउँ बाल संरक्षण समितिको अध्यक्ष शिव बहादुर केसीले सकेसम्म १५ रुपैयाँको सामाग्री खर्च गरेर खुवाउनुपर्ने र रकम बचत भएमा विद्यालयलाई ने फिर्ता दिनुपर्ने बताउँदै हालसम्म व्यवस्थित भईरहेको खाजा व्यवस्थापनलाई तहसनहस गर्न लागेको बताउनुभयो । उक्त विश्व खाद्य र जिल्ला शिक्षा कमार्यलयले एक तर्फी रुपमा पहुँचको आधारमा स्थानीय सहकारीलाई अनावश्यक दुःख दिएको भनी कृषि सहकारी संस्थाको बैठकले खेद प्रस्ताव समेत पास गरेको संस्थाका अध्यक्ष शिब बहादुर केसीले बताउनुभयो ।
सेतिदेवि माध्यमिक विद्यालय ठूलोसिरुवारीका अभिभावकहरुले आफ्नो बच्चाहरुलाई दिइआएको खाजामा घटुवा गरेको हुँदा आन्दोलन गर्न तयारी गरेका छन् भने विपि मेमोरियल आधारभूत विद्यालयमा पनि खाजा निर्माण गर्ने सहयोगी प्रति विद्यार्थी र अभिभावक आक्रोशित बनेका छन् । डडुवा भवानीशंकर माविमा अध्ययनरत विद्यार्थीका अभिभावकले भने विद्यार्थीहरुको खाजामा कमजोरीपना  देखिँदै गएको बताउँदै सरकारले बालबालिकाको लागि दिएको रकमबाट कसैलाई पनि राजनीति गर्न नदिने बताएका छन् । उता सीमाङ्कृत बस्ती धमलादेवि आधारभूत विद्यालयमा भने माथि सडकको छेउमा सामान्य खाजाको सामाग्री लगि छोडिदिएर हिँडेको अभिभावकहरुल बताएका छन् ।
हाल विद्यालयहरुमा खाद्यान्न नलगेको कारण प्रायः विद्यालयहरुमा चाउचाउ, बिस्कुट खुवाउन थालिएको छ भने कुनै विद्यालयमा खाजाको व्यवस्था समेत गरिएको छैन् ।  नेपालीहरुलाई जे गरे पनी हुने भन्ने केही गैर सरकारी संस्थाहरुको  सोचाइका कारण राम्रा काम गर्ने कार्यलय तथा संस्थाहरु ओझेलोमा परेका छन । खास गरीकन भुकम्प जँदा पनी भुकम्प पिडीतलाइ बितरण गर्न ल्याइएको चामल बिश्व खाघका कर्मचारीलाइ कमिशन नदिएकै कारण समयमा चामल बितरण नगरेर पछी कुहीएका कारण खाल्डो खनेर पुरीएको थियो ।
हाल ठुलोसिरुवारीमा पनि कमीशनका कारण बालबालीकाको खाजामा स्तर घटाइएको छ भने स्थानीयहरु सँग स्थानीय स्तरमा उत्पादीत सामाग्री खरिद गरेर बिघालय दिबा खाजा खुवाइ रहेको प्रथालाइ  हटाएर बजार बाट समय नलेखिएको  मुसाले खाएको समाग्री लगेर  खाजा बनाउन लागीएको छ भने सरकारबाट दिइएको रु १५ बराबर खुवाउन पर्नेमा त्यसो नगरी ७ रुपैयाका हाराहारीमा खाजा खुवाएर बँकी रकम बिश्व खाघका कर्मचारी र माहाङकालमा कार्यरत एक सहकारी संस्था ठुलोसिरुवारीको केही बिद्यालयका प्रअ तथा केही व्यक्तीहरुको समेत मिलेर भ्रष्टचार गरिन लागेको बुझिएको छ ।
यस कार्यलाइ जिल्ला शिक्षा अधिकारीले समेत समर्थन गरेको र विद्यालयका प्रअहरुलाई  शिक्षासँग  छलफलमा  आउनु भनेर  होटल जुगलमा बोलाएर खाजा व्यवस्थापनसँग सम्बन्धित सरसल्लाह समेत गर्न नदिइ सम्झौतामा हस्ताक्षर  गर्न लगाएको  र त्यहाँ शिक्षकहरुले छलफल गरेर राम्रो काम गर्नेलाई दिन पर्छ भन्दा खुरुक्क सही गर्नु भनेर जिसिअले भने पछी सोध बुझ समेत गर्न नपाइकन हस्ताक्षर गरेको नाम नलेख्ने शर्तमा प्रअ हरुले बताएका छन । अहिले तोरीको तेलको सट्टा भटमासको तेल स्थानीय स्तरमा उत्पादन भएका समाग्रीका साटो बजारबाट खरिद गरिएको सामान कुहीन लनगेको मकै जस्ता सामाग्रीहरु प्रयोग भइ रहेको छ ।

यस सम्बन्धमा शिक्षा मन्त्रालयका खाद्य तथा पोषण शाखाका उपसचिव नवराज खतिवडाले भने खाजाको रकमबाट अरु काम गर्न नपाइने तर विद्यालयका खाजा व्यव्स्थापनमा आवश्यक पर्ने इन्धन को व्यवस्था त्यसै भित्रबाट गर्न सकिने बताउनु भयो । यस सम्बन्धमा जिल्ला शिक्षा अधिकारीसंग सम्पर्क गर्दा विश्व खाद्यबाट खाजाको रकमको व्यवस्था गरेकोले उसको निर्णयलाई मान्यता दिएको बताउनु भयो ।
वास्तवमा शिक्षा विभागबाट विद्यार्थी र हाजिरको आधारमा प्रति विद्यार्थी रु १५ को दरले दिवा खाजा व्यवस्थापनको लागि नगद उपलब्ध गराउने गरेको छ ।

,