साँगाचोकमा अवैध गाँजा नष्ट

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. ११ स्थित पौवाथोकमा करिव २ रोपनी जग्गामा अवैध रुपले रोपेको गाँजा प्रहरी चौकी साँगाचोकका इन्चार्ज कृष्णप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले फँडानी गरी नष्ट गरेको छ ।

प्रहरीले गस्ती गर्दै जाँदा गाँजा खेती गरेको देखेपछि उक्त खेती गर्ने व्यक्तिहरुको खोजी गर्नुका साथै गाँजा खेती फँडानी गरी नष्ट गरेको छ ।
अन्दाजी ८०–९० बोट रहेको गाँजा फँडानी गरेपश्चात कसले गाँजा रोपेको हो भनि अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका एसपीको दरवन्दी सिर्जना भएपछि पहिलो पटक एसपी भएर आउनुभएका रविन्द्र केसीको कुशल प्रशासनिक सेवा र स्थानीयको प्रहरी प्रतिको बढ्दो आकर्षणका कारण जिल्लामा हुने गरेका यस्ता अवैध कार्यहरुको समयमा नै नियन्त्रण गर्न सफल रहेको जानकारहरुले बताएका छन् ।
विषेश गरी साँगाचोक प्रहरी चौकीले घरेलु मादक पदार्थ नियन्त्रण तथा शान्ति सुरक्षामा विषेश चासोका साथ अगाडि बढिरहेको छ । जिल्लाका प्रहरी चौकीहरुमा कार्यरत कर्मचारी, प्रहरीहरु गरेका कामको मूल्याङ्कन सहित प्रोत्साहन साथ हाकिमबाट धन्यवाद पाउँदा काम गर्न अझ बढी जोश जाँगर मिलेको प्रहरीहरु बताउँछन् ।        

,