गुण्डागर्दी र तस्करी रोक्न प्रहरी सक्रिय

जिल्लामा रहेका गुण्डा र तस्करीलाई कार्वाही गर्ने र शान्ति सुरक्षालाई खलल पर्ने खालका कुनैपनि कार्य हुन नदिने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मोहन  पोखरेलले बताउनुभएको छ । उहाँ सिन्धुपाल्चोक जिल्लामा गत शुक्रबार मात्र कार्यभार सम्हाल्न आउनुभएको हो ।
सिन्धुपाल्चोक आए लगत्तै जिल्लाको बन्देउदेखि बाह्रबिसेसम्मका प्रहरी कार्यालयहरुमा पुगि प्रहरी गतिविधिको बारेमा जानकारी लिँदै गुण्डागर्दी, तस्करी गर्ने, समाजमा शान्ति सुरक्षामा खलल पु¥याउने जो कोहीलाई पनि कानुनको दायरामा ल्याई कार्वाहि गर्न समेत निर्देशन दिनुभएको थियो ।


जिल्लामा आएर कार्याभार सम्हालेपछि जिल्लाका सञ्चारकर्मीहरुसँग परिचयात्मक तथा आफ्ना धारणाका बारेमा जानकारी गराउँदै गुण्डागर्दी गर्ने, तस्करी गर्ने र शान्ति सुरक्षालाई खलल हुने कुनै पनि कार्य हुन नदिन आफू सक्रिय रहने बताउनुभयो । उहाँले हुनसक्ने दूर्घटना नियन्त्रणको लागि ट्राफिक प्रहरीहरुलाई सचेत रहन र बिच बिचमा सवारी साधनमा सहचालकलाई चलाउन दिएर गन्तव्य स्थानमा पुग्नको लागि सवारी गती बढी गर्ने, ढोकामा यात्री झुण्ड्याउने खालका  गतिविधि बढेकोले यसलाई पनि नियन्त्रण गर्ने बताउँदै नदी किनारामा बालुवा तस्करी भइरहेकोले यसलाई पनि नियन्त्रणमा ल्याएर कानुन बमोजिम कार्वाहि गर्ने बताउनुभयो ।
जिल्लाको शान्ति सुरक्षामा खलल पुग्न नदिन सञ्चारकर्मी, उद्योगी, सबै राजनीतिक दल, जनप्रतिनिधि एवम् जिल्लाका सबै तह तप्काका नागरिकसँग समन्वय गरेर काम गर्ने बताउनुभयो । यसअघि प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले जिल्लामा सञ्चारकर्मीहरुले खेलेको भूमिका, प्रहरीबाट भएको काम कार्वाहि र निर्वाचन शान्तपूर्ण ढंगले सफल पार्न सञ्चारकर्मीले खेलेको भूमिका बारेमा जानकारी गराउनुभएको थियो ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद तिमिल्सिनासहित सञ्चारकर्मीका टोलीले सूचनाको हक नलुकाउन गरेको आग्रहमा प्रहरी नायक उपरीक्षक र उपरीक्षकले दैनिक गतिविधि सबै सञ्चार माध्यमलाई उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएका छन् । जिल्ला स्थित सबै सञ्चार गृहहरुलाई जिल्ला भरीका गतिविधिहरु दैनिक रुपमा उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएका छन् । जिल्ला स्थित सबै सञ्चार गृहहरुलाई जिल्लाभरीका गतिविधिहरु दैनिक रुपमा उपलब्ध गराएर प्रहरी गतिविधि बारे सार्वजनिक गर्ने कार्यालयमा सहयोग गर्ने समेत जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।
प्रहरी निरिक्षकको नेतृत्वमा गुण्डागर्दी तथा गैर कानुनी काम गर्ने तस्करीहरुको विषयमा विषेश कार्वाहिको लागि छुट्टै सेल गठन गर्ने समेत उहाँले बताउनुभयो ।  

,