भोलि ग्रहण लाग्दै, पूरै दिन अशुभ

०७४ साल श्रावण २३ गते  सोमबार ७  अगस्त २०१७ को दिनमा चन्द्र ग्रहण हुने हुनाले पुरै दिन अशुभ  रहने बताइएको छ । यो ग्रहण समय अवधि  घण्टा ५ घण्टा १  मिनेटसम्मको रहनेछ ।
चन्द्र ग्रहण साँझपख लाग्ने छ तर ग्रहणको समयदेखि लगभग ९ घन्टा पहिले देखिनै अशुभ घडि प्रारम्भ हुने हुनाले पुजाआजा गर्नु हुँदैन । ग्रहण लागेको बेला तेल लगाएर शरीरको मालिश गर्नु हुदैन यसले चर्म  सम्बन्धी बिरामी हुन सक्छ । ग्रहण लागेको बेला मन्त्रहरुको जप गर्दा मनमनै जप गर्नु पर्छ चिच्च्याएर सबैले सुन्ने गरी गर्नु हुँदैन । स्वस्थ व्यक्ति ग्रहण कालमा सुत्नु हुदैन , यसले स्वास्थ्य सम्बधि समस्या आउन सक्छ,  गर्भवती, रोगि र बृद्धजन यो समयमा बिश्राम गर्न सक्छन् ।

पति पत्नीले यो समयमा संयम राख्नु पर्छ, शास्त्र अनुसार ग्रहणको समयमा बनाएको सम्बन्धबाट जन्म लिने सन्तानको स्वाभाव  राम्रो हुँदैन उनीहरुमा शारीरिक तथा मानशिक विकृति हुन सक्छ । चन्द्र ग्रहणको दिनमा कुनै पनि शुभ काम गर्नु हुँदैन, यदि यो बेला कुनै शुभ कामको सुरुवात गर्दै हुनुन्छ भने यो तपाईको लागी फलदायी नहुन सक्छ । चन्द्र ग्रहणको दिनमा कपाल र नंग काट्नु हुँदैन । यो हाम्रो पितृहरुलाई  दर्शाउछ , जसले गर्दा नंग र कपाल काट्नु हिन्दु धर्म अनुसार अशुभ मानिन्छ ।
पकाएको भोजन ग्रहण लागेपछि खाने योग्य हुँदैन यसकारण एस्तो खाना खानु हुँदैन, चन्द्र ग्रहण लाग्दै गर्दा बनाएको भोजनमा तुलसीको पात राख्ने गर्नु पर्छ । जसले गर्दा भोजनमा पवित्रता बनि रहन्छ । ग्रहण लागेको बेला पुजा गर्नु हुँदैन, चन्द्र ग्रहण लागेको बेला कुनै प्रकार को पुजा गर्नु हुँदैन, यहि कारण सबै मन्दिर हरु को ढोका पनि बन्द गर्ने गरिन्छ , यो बेला मनमनै मन्त्रहरुको जप गर्न सकिन्छ ।
गर्भवती महिलाहरु ग्रहण लागेको बेला घर बाहिर निस्कनु हुँदैन, चन्द्र ग्रहण लागेको बेला विशेष सावधानी राख्नुपर्छ, ग्रहणको कारण वातावारणमा  हानिकारक तरंगहरु सक्रिय हुने गर्छन जसले गर्दा गर्भमा रहेको बच्चालाई  नराम्रो असर पर्न  सक्दछ ।