कालिका सहकारीको तीन वर्षे रणनैतिक व्यवसायिक योजना बनाउँदै

रुविना ठकुरी/सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं ३ कालिकामा ५ दिने सहकारी व्यवस्थापन तथा रणनैतिक व्यवसायिक योजना निर्माण सम्बन्धी तालिम हिजोदेखि सुरु भएको छ । भाद्र २ देखि ६ गते सम्म सञ्चालन हुने उक्त तालिमको उद्घाटन समारोहको अध्यक्षता वडा अध्यक्ष रामहरि खड्काले गर्नुभएको थियो भने अतिथिहरुमा प्रशिक्षक बुद्धिराज तामाङ्ग, जनप्रतिनिधि दिनेश कार्की र जिविकोपार्जन अधिकृत  ओम तामाङ्गले गर्नुभएको थियो ।
उक्त तालिम अक्सफाम जिवि नेपालको सहयोग र ग्रामीण महिला सिर्जनशील परिवारको आयोजनामा सञ्चालन भएको हो । कालिकामा रहेको कालिका बचत तथा ऋण सहकारी सस्ंथा लि.को सञ्चालक समिति, व्यवस्थापक र अन्य उपसमितिका पदाधिकारीहरुलाई आफ्नो सहकारीको व्यवसायिक योजना बनाउने र सो अनुरुप कार्यन्वयन गर्ने गरि तालिम आयोजना गरिएको हो । उक्त तालिममा २० जनाको सहभागिता रहेको छ ।

ग्रामीण स्तरमा रहेको कालीका  सहकारीले सुनकोशी गाउँपालिका वडा नं. ३ कालिकाको प्रत्येक घरधुरी समेटिएको छ । ११८० जना शेयर सदस्य रहेको उक्त सहकारीले बचत तथा ऋण परिचालनको क्रियाकलाप बाहेक कृषि तथा पशुपालन तथा आयआर्जनको क्षेत्रमा समेत कार्य गर्दै आईरहको छ । ग्रामीण स्तरमा रहेको यस्ता सहकारीहरुको प्रवद्र्धन गरि शेयर सदस्य तथा कृषकहरुलाई सहज ढंगले सेवा प्रवाह गर्नका निमित्त यस्ता खालको तालिमहरुको आवश्यक छ । गाउँमै सहकारी भएपछि कृषक तथा उद्यमीहरुलाई आवश्यक पर्ने पूँजी व्यवस्थापन गरि व्यवसाय सञ्चालन गर्न सहज भएको कृषकहरु बताउँछन् । सहकारीको संस्थागत क्षमता अभिवृद्धि गर्ने र कृषक तथा उद्यमीहरुलाई सहज रुपमा वित्तिय पहुँच पु¥याउने र बजारिकरणमा सहयोग पु¥याउने जस्ता कार्यहरुको सहजरुपमा व्यवस्थापन गर्नका निमित्त पनि सहकारीहरुले आफ्नो संस्थाको रणनैतिक व्यवसायिक योजना बनाउनु पर्ने बताउनुहुन्छ जिविकोपार्जन अधिकृत ओम तामाङ्ग ।
संस्थाद्धारा आगामी दिनमा सहकारी संस्थागत क्षमता विकास तथा जीविकोपार्जन विस्तार गर्नका लागि सहकारीको ३ वर्ष व्यवसायिक योजना निमाणको साथै रु.२ लाख पूजिँगत अनुदान र आवश्यकताको आधारमा सामग्री सहयोग गर्ने र आयआर्जनको क्रियाकलापहरु सहकारीसँगको समन्वय गरी कार्यक्रम संचालन गरिने योजना रहेको तामाङले जानकारी दिनु भयो ।


,